तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । 

फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिए ।

केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उनले जानकारी दिए । दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपायबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ । 

सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो । उपत्यकाका नगरपालिकाले तत्काल खुलाउन नहुने भन्दै सरकारलाई सुझाव समेत दिएको तर सरकारले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ । 

पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …