काठमाडौं आश्विन २ गते । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुर स्टेसनमा आईपुग्ने भएको छ । मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको थियो ।
जनकपुर–जयनगर चल्ने रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जनकपुरधाम हिडेको रेल जयनगर स्टेसनमा छ ।
आज मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्नेछ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।
रेल जनकपुर आउने भएसँगै त्यहाका स्थानीयहरु उत्साहित भएका छन् ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …