तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिरा सिंह बिठडी

सगरमाथा भन्दा ठुला 

सपना त थिएनन मेरा

महासागर भन्दा गहिरा 

लक्ष्य त थिएनन मेरा ।

असफल बिनास गर्न

 हिडेको यात्री म

तर मेरा कर्महरुले कर्म गरे जति 

पाउने फल पनि दिएनन मेरा।।१

यि हातका सबै भाग्य रेखाहरु 

परदेशि घरको ति भांडाहरुमा छाप्पिसके ।

के खोज्छौ ज्वतिष अब मेरो हातमा

सबै रेखाहरु अन्धकारको कारागारमा राख्खिसके।।२

म अब 

चाहेर पनि फिर्ता 

लिन सक्दैन ति मेरा भाग्यरेखाहरु ।

किनकी!

म जतिसुकै बलवान भएपनी 

त्यो समयभन्दा ठुलो हुनै सक्दैन 

अनि म के गरु।।३

कालो रात र चर्को दिनमा 

पसिना पोखी पोखी 

के पायो र मेरा स्वाभिमानहरुले।

अब त 

तिम्ले मलाइ  जति सान्त्वना दिए पनि 

कोलाहल मात्र सुन्दछ यि मेरा कानहरुले ।।४

शरीरको जोस त सबै मारिसक्यो 

ति परदेशी कम्पनीका धुवाँहरुले ।

मुखका बचन त सबै काटिसक्यो 

परदेशका मालिक भनौदाहरुले ।।५

त्यसैले मेरा भाग्यरेखाहरु 

त्यो परदेशको धुवाँसङ्ग उडि सके ।

अनि मेरा मिठा बचनका रेखाहरु 

ति परदेशी मालिकका गाडी सङ्गै गुडिसके ।।६

त्यसैले मलाइ माफ गर 

मेरो भाग्यरेखाहरु परदेशको तातो बाफमा पाकीसके ।

के खोज्छौ ज्वतिष अब मेरो हातमा 

सबै रेखाहरु अन्धकारको कारागारमा राख्खी सके।।

के खोज्छौ ज्वतिष अब! ७

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …