तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।

भ्रष्टाचारका ठूल्ठूला कान्डमा संलग्नहरुलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रबार विज्ञप्तिमार्फत् पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लार्परबाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेबार बनाउन’पौडेलले विज्ञप्तिमा भनेका छन्,‘एकजना पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा सबैको भरोसायोग्य न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।

पौडेलले शुक्रबार कान्तिपुरमा प्रकाशित ‘निगमनको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षक समाचारप्रति अख्तियारको ध्यानआकर्षण गराएका छन् । ‘१ अरब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी ढिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भईरहेको छ,’ पौडेलले भनेका छन,‘माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ?’

पौडेलले वाईडबडी, यति, ओम्नी, बालुवाटार जग्गालगायतका कान्डहरुमा समेत अख्तियारको भूमिका सन्देहपूर्ण रहेको बताएका छन । ‘तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रमलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन,‘तसर्थ ती लापरबाहीको छानविन गर्न आवश्यक छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …