तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रमेश थापा

हिजो बिभिन्न संचार माध्यम र सामाजिक संजालमा समेटिएका समाचारबाट ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको जानकारी पाइयो । म वनसंग सम्बन्धित भएकोले वनतिरै बढि चासो भयो । यसो नाम नामेसि हेर्दै जाँदा करिब एक दर्जन वनका सहसचिवहरुको अदलि बदलि भएको रहेछ । लामो समय सम्म नेपाल सरकारले महानिर्देशक नियुक्त गर्न नसकेका कारण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागमा सो पद रिक्त रहेको छ । उक्त बिभागका दुइजना उपमहानिर्देशकको  दरबन्दि भएता पनि एक पद रिक्त रहेकोले एकजना मात्र उपमहानिर्देशक रामचन्द्र कँडेलले महानिर्देशकको समेत काम गर्दै आउनु भएको थियो । हिजोको सरुवामा वहाँको पनि सरुवा गरिएको रहेछ । तर उक्त बिभागमा न महानिर्देशक खटाइएको छ न उपमहानिर्देशक । तीन जना सहसचिवको दरबन्दि रहेको बिभागमा एक जना पनि सहसचिव नराखेर किन बतासे बनाइएको होला भन्ने जिज्ञासा उठ्यो मनमा ।

म करिब ३६ बर्ष सरकारी सेवामा रहेर काम गरें । धेरै समय फिल्डमै बित्यो । मैले करिव एक बर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सहायक व्यवस्थापन अधिकृतको रुपमा काम गरें । विभागका धेरै कामहरु व्यवस्थापन शाखा मार्फत हुने र व्यवस्थापन अधिकृत नभएकोले काममा अलि बढी नै व्यस्त हुनुपर्दथ्यो । म विभागमा कार्यरत छँदा वनमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । म उहाँको कार्यशैलीबाट अति नै प्रभावित छु ।

त्यतिबेला वन मन्त्रालयको सचिव शरदचन्द्र पौडेल हुनुहुन्थ्यो । शरदचन्द्र सर निकै जिम्मेवार हुनुहुन्थ्यो । उहाँ काम प्रति अति लगनशील र हरेक बिषयलाई गम्भिरतापूर्वक लिने व्यक्ति हुनुहुन्थ्यो । कतिपय कागजको ड्राफ्ट समेत हेरिदिनुहुन्थ्यो । यस्तो वातावरणले गर्दा काम गर्ने उत्साह बढ्ने गर्दथ्यो। टीकाराम अधिकारी विभागीय प्रमुख हुनुहुन्थ्यो । सचिवज्यू मार्फत मन्त्रीज्यू समक्ष अवधारणा पेश गर्ने र छलफल गरेर प्रस्ताव तयार गरी पेश गर्ने गरिन्थ्यो । हामीले पेश गरेका हरेक फाइल उपर मन्त्रीज्यूले सरोकारवालासंग अत्यन्त सौरार्दपूर्ण तरिकाले बिस्तृत छलफल गर्नुहुन्थ्यो । त्यसबाट पर्न सक्ने सकारात्मक र नकारात्मक असरको बिश्लेषण गर्नु हुन्थ्यो र निर्णय गर्नुहुन्थ्यो ।

आफ्नो माताहतका निकायको काम कार्यवाहि प्रभावकारी र गतिशिल बनाउन बिभागिय मन्त्रीको भूमिका महत्वपूर्ण हुने देख्दछु । वन मन्त्री महेश आचार्यको दुरदृष्टि सफा थियो । वहाँ निकै पर सम्म प्रष्ट देख्न सक्ने, बुझ्न सक्ने र निर्णय लिन सक्ने क्षमता भएको ब्यक्ति भएको मेरो ठम्याइ छ । भिजन क्लियर छ, स्वार्थ रहित सोच छ, मैले गर्नु पर्दछ, सके राम्रो गर्ने नसके भएकोलाइ नबिगार्ने मनसाय छ भने छोटो अवधिमा पनि सकारात्मक दुरगामी प्राभाव पार्ने काम गर्न सकिंदो रहेछ । मन्त्री महेश आचार्यले आफ्नो छोटो कार्यकालमा राष्ट्रिय निकुञ्ज बिभाग मार्फत पेश भएका निम्न निर्णयहरु गरिदिनु भएको थियो ।

(१)  बर्दिया र शुक्लाफाँटामा थप गैंडा स्थानान्तरण गर्ने ।

(२)  कोशी टप्पुबाट चितवनमा अर्ना स्थानान्तरण गर्ने ।

(३)  शुक्लाफाँटामा कृष्णासार स्थानान्तरण गर्ने ।

(४)  बर्दिया र चितवनमा बाह्रसिंगा स्थानान्तरण गर्ने ।

(५) भक्तपुरमा प्राणी उद्यान स्थापना

(६) पर्सा वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार गर्ने ।

(७) ढोरपाटन शिकार आरक्ष र मकालु बरुण राष्ट्रिय निकुञ्जमा सेना तैनाथ गर्ने ।

(८) वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको पहिलो संशोधन गर्ने ।

(९) राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मातहतका कार्यालयहरुमा  कर्मचारीको मौजुदा दरबन्दी १००५ बाट बढाएर १९०९ पुर्याउने ।

(१०) साइटीस ऐन निर्माण गरी पेश गर्ने ।

उहाँ अरु एक महिना मात्रै मन्त्री रहेको भए कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्र बिस्तार पनि हुन्थ्यो भन्ने मेरो निष्कर्ष छ । किनकि उहाँ त्यो काममा लागिरहनु भएको थियो । तर पछि यो प्रस्ताव नै गतिहिन बन्न पुग्यो । उहाँले प्रारम्भिक प्रस्ताव पेश गर्न पटक पटक मौखिक निर्देशन दिनुभएको पनि थियो तर प्रतिवेदन तयार गर्न विभागले बनाएको टोलीले समयमा प्रतिवेदन बुझाउनै सकेन । पछि वहाँ मन्त्रीबाट हटेपछि त्यो काममा पूर्णबिराम नै लाग्यो ।

आज त्यहि राष्ट्रिय निकुञ्ज बिभागतिर फर्केर हेर्यो भने उराठ र बैराग लाग्दो अवस्था छ । महिनौं बितिसक्यो एउटा महानिर्देशक नियुक्त हुन सकेको छैन । दुइवटा उपमहानिर्देशक पद खालि छन । एउटा सानो उदाहरण कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा रहेको अब्यवस्थित बस्ति स्थानानतरणका लागि सरकारले तीन बर्ष लगातार बजेट छुट्यायो तर मन्त्रालयले समिति गठन गर्न नसक्दा हरेक पटक बजेट फिर्ता गर्नु पर्ने बाध्यता आयो । 

यस्तो लबस्तरो पारा र गतिहिन कार्यशैलीको निरन्तरताबाट संरक्षित क्षेत्र ब्यवस्थापन, पर्यापर्यटन बिकास, स्थानीय जनताको संरक्षणमा सहभागिता, मानव वन्यजन्तु द्वन्द न्यूनिकरण, चोरीशिकार नियन्त्रण, अतिक्रमण नियन्त्रण, वनपैदावारको तस्करी नियन्त्रण र जैविक विविधता संरक्षण हुँदैन । सम्बन्धित सबैको यमा नै ध्यान पुगोस भन्ने कामना गर्दछु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …