तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै (सोमबार) प्रकाशित गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी थालेको छ । बोर्ड स्रोतअनुसार (आज) सोमबार साँझ वा मंगलबार (भोलि) नतिजा प्रकाशित गर्ने सम्भावना छ ।

बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो । नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्‍ने भन्दै रोकिएको थियो ।

गत वर्षभन्दा फरक तरिकाले परीक्षा सञ्चालन भएका कारण विगतमा जस्तै नतिजा सार्वजनिक गर्ने वा नगर्ने विषयमा बोर्डमा विवाद छ । नतिजा प्रमाणित मात्रै गरेर विद्यालयलाई जानकारी दिनुपर्ने केही सदस्यहरुको तर्क छ ।

नतिजा सार्वजनिक गर्ने विषयमा छलफल चलिरहेको बोर्डका एक सदस्यले बताए । बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० लाई नतिजा प्रमाणिकरणको अन्तिम तयारी गर्न निर्देशन दिइसकेको छ । 

नतिजा प्रकाशन गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने व्यवस्था छ । बोर्डका केही सदस्यले सोमबार नतिजा प्रकाशन नमुना (डेमो) को समेत अध्ययन गरिरहेका छन् । नतिजा प्रकाशनका लागि बाँकी रहेका काम भइरहेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘आज साँझ वा भोलि बिहानसम्म नतिजा आउने सम्भावना छ,’ उनले भने ।

यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए । कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन् । मन्त्रिपरिषदको निर्णयअनुसार विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गर्दैछ । बोर्डले अनुमति दिए नतिजा प्रकाशन गर्न सकिने कर्मचारी बताउँछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …