तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो मुखर्जीले ट्वीटमा भनेका छन् ।

पूर्व राष्ट्रपति मुखर्जीले पछिल्लो साता आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । आइतबार मात्र ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २२ लाख नाघेको छ ।

विश्वका अति संक्रमित मुलुहरुमध्ये भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । तर, पछिल्ला चार दिनमा भारतमा संक्रमणको विस्तार अमेरिका र ब्राजिलको भन्दा पनि बढी देखिएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४४ हजार ३८६ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …