तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।

कोभिड–१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भइरहेको छ । सरकारले आउँदो भदौ १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरे पनि जोखिम बढेपछि अन्योलको स्थिति छ ।

महासङ्घका प्रदेश अध्यक्ष तथा प्रदेश इञ्चार्जबीचको सो अन्तरसंवादपछि हतारमा विद्यालय नखोल्न आग्रह गर्ने निर्णय भएको महासङ्घका महासचिव गुणराज मुक्तानले जानकारी दिए । सहभागीले विद्यामान अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति गराउन मुलुकभर कोरोनाको प्रभाव झन् बढिरहेको, विद्यालयमा क्वारेन्टिन र आइसोलेसन कक्षहरु हटाइ नसकेको, यातायात पूर्णरूपमा सञ्चालनमा नआएको, बाढीपहिरोका कारण अवरोध भएकाले अभिभावकमा आफ्ना बालबालिकालाई ढुक्कसँग विद्यालय सक्ने अवस्थामा नरहेको जनाइयो ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले हाल वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउन र त्यसपछि विद्यालयमा राखिएका सबै क्वारेन्टिन र आइसोलेसन हटाई निर्मलीकरण गरी सुरक्षाको आधारभूत मापदण्ड पूरा गरेर विद्यालय खोल्नुपर्ने बताए ।

उनले विद्यालयमा जाने शिक्षक, विद्यार्थी र कर्मचारीहरुको कोरोना विशेष जीवन बीमाको प्रक्रिया पूरा गर्ने, विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने, मनोसामाजिक परामर्श सम्पन्न गर्ने र तेस्रो चरणमा विद्यार्थी नियमित विद्यालय जाने विश्वसनीय अवस्था सिर्जना गरी बाँकी शैक्षिक सत्रमा विद्यालयसञ्चालन गर्न आग्रह गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …