तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख नाघेको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या करिबर एक लाख ६० हजार नाघेको छ भने निको हुनेको संख्या करिब १६ लाख रहेको छ ।

शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९८ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १२ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १४ लाख निको भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …