तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

लेबनानको बेरुतमा मंगलबार साँझ भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । लेबनानी अधिकारीहरुले अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी गरेका छन् । राष्ट्रपति माइकल इयोनले पनि ट्वीट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धान हुने बताएका छन् ।

विस्फोटका बारेमा अनुसन्धान सुरु भइसकोको अधिकारीहरुले जनाएका छन् र लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ । सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार गोदामको वरिपरि रहेका सबै भवनहरु ध्वस्त भएका छन् । विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार उक्त विस्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो विस्फोट भएको केही समयमा दोस्रो विस्फोट पनि भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले विस्फोटमा हताहती हुनेको संख्या निकै भएको हुन सक्ने अनुमान गरेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा राखिएका भिडियोमा निकै ठूलो धूवाँको मुस्लो उडेको तथा भौतिक संरचनामा निकै क्षति भएको देखिएको छ ।

लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा(करिब ८ अर्ब नेपाली रुपैयाँ) को प्याकेज घोषणा गर्ने बताएको छ । पूर्वप्रधानमन्त्री रफिक हरिरीको सन् २००५ मा भएको हत्याको मुद्दामा फैसला आउनु केही समयअघि ती विस्फोटन भएका हुन् ।

राष्ट्रसंघीय न्यायाधिकरणले हरिरीको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो । ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए । सो समूहले उक्त हत्याका लागि आफू जिम्मेवार नरहेको बताउँदै आएको छ ।

लेबनानमा सन् १९७५ देखि १९९० सम्मको गृहयुद्धयता सबभन्दा खराब आर्थिक संकट उत्पन्न भएको जनाइएको छ । उक्त संकटको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै लेबनानका सडकमा सरकारविरोधी प्रदर्शन हुँदै आएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …