तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

पाकिस्तानी मन्त्रिपरिषद्ले पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति दिएको छ।

उक्त नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पनि पाकिस्तानमा देखाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार उक्त जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्को उक्त निर्णयमा पाकिस्तानका कयौं विपक्षी दल र  कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको छ।

इमरानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्सा पाकिस्तान जनताको उमङ्‍गको प्रतिनिधित्व गर्छ। पाकिस्तान र कश्मीरी जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ।’

उनले अगाडि भनेका छन्, ‘भारतले गत वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, यो राजनीतिक नक्सा उसको अस्वीकार गर्छ।’

इमरानले अब पाकिस्तानका स्कूल, कलेज र सबै क्षेत्रमा पाकिस्तानको यही आधिकारिक नक्सा हुने बताएका छन्, जुन नक्सा जारी गर्न मंगलबार नै स्वीकृति दिइएको छ।

भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई अस्वीकार गरेको छ। 

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर उक्त नक्साको कुनै कानुनी वैधता नरहेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता कायम नहुने  बताएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …