तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

विश्वमा कोरोनाभाइरसको खोप तयार पार्न प्रतिस्पर्धा चलिरहेको छ । तर रुसले सबैलाई पछि पारिदिएको छ । रुसले अबको एक हप्ताभित्र कोरोनाको पहिलो खोप बजारमा ल्याउने स्वीकृति लिइसकेको बताएको छ ।

मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको हो । रुसले खोप बनाउने काम निकै गोप्य तरिकाले गरेको हो । 

अन्य देशहरूले खोपको प्रयोग र विकासको प्रत्येक चरणको जानकारी दिइरहँदा रुसले निकै गोप्य तरिकाले काम गरिरहेको थियो । 

जुन महिनामा खोपको मानव परीक्षणको पहिलो चरण शुरू भइसकेको थियो । स्पुतनिक न्युजमा प्रकाशित समाचार अनुसार, मस्कोका दुईवटा प्रयोगशालामा फरक फरक खोपमा प्रयोग चलिरहेका थिए ।एउटा तरल रूपमा, अर्को चाहिँ पाउडर रूपमा । मानिसहरूलाई अस्पतालमा राखेर खोप परीक्षण गरिएको थियो । 

त्यसो त अमेरिका र बेलायतले रुसमाथि कोरोनाको डेटा चोरेको आरोप पनि लगाए । तर त्यो आरोप आधारहीन थियो । यति छिटो कसरी खोप निर्माण गर्न सकिन्छ भनेर शंका गर्दै उनीहरूले त्यस्तो आरोप लगाएका थिए । 

रुसले ट्रायल पूरा नगरिकनै खोप बनाएको भन्दै विवाद पनि झिकिएको छ । तर उसले दुईवटा ट्रायल पूर्ण रूपमा सफल भएकाले खोप दर्ता गर्न लागेको बताउँदैछ । 

कोरोना महामारीबाट सबभन्दा बढी प्रभावित अमेरिकाले रुसको खोप लिन अस्वीकार गरिरहेको छ । रुस र चीन दुवैले खोप बनाउन पारदर्शिता नअपनाएकाले त्यहाँ बनेका खोप आफूहरूले नलिने अमेरिकाका सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बताए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …