तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

इटालियन सिरिए फुटबलको बिहीबार बिहान खेलिएको खेल ‘लिग लिडर’ युभेन्ट्स र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुवैका लागि निराशाजनक रह्यो। उक्त खेलमा बलियो युभेन्ट्स तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी काग्लिआरीसँग २–० गोलले पराजित भयो।

जारी सिजनको सिरिए उपाधि यसअघि नै जितिसकेकाले पनि युभेन्ट्सका लागि उक्त नजिता ठूलो घाटाको विषय बनेन। तर, युभेन्ट्सका पोर्चुगिज स्टार रोनाल्डोका लागि भने दुःखद रह्यो। ३५ वर्षीय रोनाल्डो यो सिजन सिरिएको सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जित्ने अभियानमा थिए।

तर, काग्लिआरीसँगको खेलमा गोल गर्न नसकेपछि रोनाल्डो यो अभियानमा निकै पछाडि परेका छन्। रोनाल्डो लाजियोका खेलाडी सिरो इम्मोबाइलभन्दा चार गोलले पछाडि छन्। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इम्मोबाइल ३५ गोलसहित पहिलो र रोनाल्डो ३१ गोलसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका इन्टर मिलानका रोमेलु लुकाकुले २३ गोल गरेका छन्।

जारी सिजनको सिरिएमा अब सबै टोलीले एक÷एक खेल मात्र खेल्न बाँकी छ। युभेन्ट्सविरुद्धको खेलमा काग्लिआरीका लागि लुका गाग्लियानो र जियोभानी सिमोनले एक÷एक गोल गरेका थिए। लाजियोले भने आफ्नो पछिल्लो खेलमा ब्रेसियालाई २–० गोलले हरायो। उक्त खेलमा पनि इम्मोबाइलले एक गोल गरेका थिए।

इम्मोबाइल यो सिजन सिरिएको मात्र नभई युरोपकै चर्चित पाँच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग र जर्मन बुन्डेस लिगामा समेत कुनै पनि खेलाडीले यो सिजन ३५ गोल गर्न सकेका छैनन्।

ब्रेसियाविरुद्ध गोल गर्दै इम्मोबाइलले बुन्डेस लिगा क्लब बायर्न म्युनिखका प्रभावशाली खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई पछाडि पारेका हुन्। लेवान्डोवस्कीले यो सिजनको बुन्डेस लिगामा ३४ गोल गरेका छन्। अब खेल्न बाँकी एक खेलमा गोल गर्न सके इम्मोबाइलले सिरिएको अर्को कीर्तिमानसँग पनि बराबरी गर्नेछन्।

सिरिएमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान गोन्जालो हिग्वेनको नाममा छ। हिग्वेनले सन् २०१५/१६ सिजनमा नापोलीका लागि ३६ गोल गरेका थिए। अन्तिम चरणको खेलअघि सिरिए तालिकामा ८३ अंकसहित युभेन्ट्स पहिलो र ७९ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छन्।

यसैगरी ७८ अंकसहित एटलान्टा तेस्रो, समान अंक बटुलेको लाजियो चौथो, ६७ अंकसहित एएस रोमा पाँचौं, ६३ अंकसहित एसी मिलान छैटौं र ५९ अंकसहित नापोली सातौं स्थानमा छन्। पहिलोदेखि चौथो स्थानमा आउने टोलीले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने छन्।

अंक तालिकाको पाँचौं स्थानमा आउने टोली युरोपा लिगको समूहगत चरणका लागि छनोट हुनेछ। छैटौं स्थानमा आउने टोलीले भने युरोपा लिगको दोस्रो चरणको छनोट प्रतियोगिता खेल्न पाउनेछ। आगामी आइतबार अन्तिम चरणको खेलमा युभेन्ट्सले एएस रोमा, लाजियोले नापोली र इन्टर मिलानले एटलान्टाको सामना गर्नेछन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …