तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अविरल वर्षापछि आएको बाढी तथा पहिरोको असर काठमाडौंमा तरकारीको मूल्यवृद्धि हुने सम्भावना देखिन थालेको छ ।

बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको अभाव देखिने भएको हो । 

काठमाडौंमा तरकारी पहिलेको तुलनामा केही दिनदेखि कम भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  

बाढी तथा पहिरोका कारण सोमवार मात्रै काठमाडौं भित्रने मुख्य सडक पृथ्वी राजमार्गका विभिन्न सडक क्षतविक्षत भएको छ । जसकारण तरकारी तथा फलफूलको ढुवानीमा समस्या भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनले भने,‘केही दिनको तुलनामा अहिले तरकारीको आयात घटेको छ ।

उनका अनुसार सामान अवस्थामा मुलुकका  विभिन्न भूभागबाट दैनिक करिब ६ सय टन तरकारी बजारमा भित्रन्थ्यो । तर सडक अवरुद्ध भएका कारण साउन ३ गते ४७४ टन, साउन ४ गते ४९० टन र साउन ५ गते ३२७ टन मात्र तरकारी बजारमा आइपुगेको छ ।उनले साउन ६ गते मंगलबार मध्यान्हसम्म एक सय ५० टन मात्रै तरकारी आइपुगेको जानकारी दिए । 

बजारमा आयात कम भएपछि मूल्य बढ्ने अनुमान गरिएको छ । पहिले भारतबाट पनि तरकारी आयात गरेर बजार माग धानिन्थ्यो । तर अहिले सडक अवरुद्ध छ । जसकारण बजारमा माग बमोजिम तरकारी पुर्‍याउन गाह्रो हुने र यसले मूल्य वृद्धि निम्त्याउने सरोकारवालाहरु बताउँछन् । अहिले धादिङ मकवानपुर लगायतका सिमित जिल्लाहरूबाट मात्र तरकारी आयात भइरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …