तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा भएको छलफल भएको छ । पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो । बुधबारको छलफलमा ओली-दाहाल मात्र थिए ।

दुवै नेताबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले बताए ।

असार १० गतेदेखि चलिरहेको स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित गरेर ओली र दाहाल छलफलमा जुटेका थिए ।

पार्टी अध्यक्ष र सरकारको नेतृत्वबाट राजीनामा गर्न स्थायी कमिटी सदस्यहरूले माग गरेका थिए । सचिवालयका सदस्यहरूले पनि सोही माग दोहोर्‍याएका थिए । त्यसपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर छलफलबाट समाधान निकाल्नुपर्ने नभए पार्टी विभाजन हुने बताएका थिए

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …