तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा जिल्लाको वालिङ नपा- ७ स्थित श्री बालसिद्ध मा.वि केवरे भञ्ज्याङलाई  नेपाल दुरसन्चार प्राधिकरणबाट सूचना प्रविधि ल्याब स्थापनाका लागि २४ सेट कम्प्युटर ,१थान प्रोजेक्टर सहित ल्याब स्थापनाका लागि आवश्यक सामग्रीहरु  हस्तान्तरण गरिएको छ।

कक्षा नर्सरी देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन हुने उक्त विद्यालयमा हाल ५०० जना विद्यार्थी छ्न्।२०५६ सालदेखि कक्षा ११/१२ समेत पूर्ण नि:शुल्क रूपमा  संचालित छ ।

शिक्षामा ब्यावसायीकरण भयो भन्ने जनगुनासो बढ्दै गएको वर्तमान अवस्थामा विद्यालयको यसप्रकारको प्रयास सबैका निम्ति अनुकरणीय बनेको छ।त्यतिमात्र नभै त्यसै विद्यालयको जग्गा भाडामा लिई संचालित बालसिद्ध क्याम्पसमा  त बिएड तह समेत पूर्ण निशुल्करूपमा संचालित छ।स्नातक तह समेत  नि:शुल्क भएको सम्भवत यो नेपालकै एकमात्र क्याम्पस हुनुपर्छ ।

विद्यालयलाई आज हस्तान्तरण गरिएका कम्प्युटर र अन्य सामग्री बुझ्दै प्रधानाध्यापक ताराप्रसाद रेग्मीले उक्त ICT ल्याब स्थापना पछि विद्यालयमा कम्प्युटर शिक्षाको थप सुधारमा महत्त्वपूर्ण  सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।प्राधिकरणबाट ल्याब स्थापनाका लागि कम्प्युटर लगायतका सामग्री उपलब्ध गराइएको भएतापनि ल्याब संचालनका लागि आवश्यक जनशक्ति र  कम्प्युटर टेबुल,कुर्सी ,कार्पेट ,विद्युत् वायरिङ सामग्री भने प्राधिकरणले तोकेको ढाँचामा विद्यालयले नै ब्यवस्था गर्नु परेको कुरा  प्र अ रेग्मीले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …