तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन् ।  

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाए पनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए ।

उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरीब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए । गरीबलाई धनी बनाएर धनी र गरीबबीचको दूरी कम गर्ने बीपी कोइरालाको प्रजातान्त्रिक  समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे ।

उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए ।  १४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र  नयाँ उर्जा थप गर्ने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा बीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए ।

उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै बीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री मनोजमणि आचार्यले संचालन  गरेको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले सहभागीहरूलाई स्वागत गरेकी थिइन् भने नेविसंघकै पूर्वउपाध्यक्ष प्रमोदहरी गुरागाँईले बीपीको प्रजातान्त्रिक समाजवाद र आगामी महाधिवेशनका विषय प्रवेश गराएका थिए 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …