तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको हो ।

पार्टी संसदीय दलको निर्देशन र ह्वीप नमानेका कारण गिरीलाई पार्टी र सांसद पदबाट हटाउन सिफारिस गरिएको कार्यदल सदस्य मोहम्मत इस्तियाक राईले कान्तिपुरलाई जानकारी दिए ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गरेकी थिइन् । उक्त विधेयकमाथि गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराएकी थिइन् । पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधन प्रस्ताव फिर्ता लिन भन्दै गिरीलाई निर्देशन दिए पनि उनले मानेकी थिइनन् ।

संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन पार्टीको ह्विपविपरीत संसद्‌मा उपस्थित भएर उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …