तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सरिता गिरीलाई सांसद र पार्टी सदस्यबाट हटाउने समाजवादी पार्टीले निर्णय गरेको छ ।

पार्टीका महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा गठन भएको छानबिन समितिले उनलाई दुवै पदबाट हटाउन सिफारिस गरेको हो ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा गिरीले दर्ता गराएको संशोधन प्रस्ताव पार्टीकाे निर्देशनविपरीत फिर्ता लिन नमानेपछि उनलाई कारबाही गरिएको हो ।

समितिको सिफारिसका आधारमा पार्टीले गिरीलाई कारबाही गर्ने निर्णय गरेको समाजवादीका सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले पार्टीको निर्णय गैरकानुनी भएकोले त्यसविरुद्ध अदालतले जाने बताएकी छन्।

संसदीय दलले दिएको निर्देशनलाई उल्लङ्घन गरेकोले र आचरणविपरीत काम गरेकोले पार्टी र सङ्घीय सांसद पदबाट समेत उहाँलाई निष्काशित गर्ने निर्णय गरिएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …