तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सत्तारुढ नेकपामा बढेको विवादमा आफ्नो पार्टी र सभापति शेरबहादुर देउवा पनि जोडिन थालेपछि कांग्रेस केन्द्रीय सदस्यहरुले सत्ताको खेलमा अहिले नलाग्न खबरदारी गरेका छन् । केन्द्रीय समितिको सोमबारको बैठकमा बोल्ने सदस्यहरुले कांग्रेसका लागि यो सत्ताको लोभ गर्ने समय नभएको बताएका हुन् ।

नेकपा विभाजित भए पनि सत्तामा जानका लागि कुनै पनि सम्झौता नगर्न नेताहरुलाई उनीहरुले सचेत गराएका छन् । निर्वाचन परिणामले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यानडेट दिएको भन्दै उनीहरुले सत्ताको खेलमा नेताहरुलाई नफस्न आग्रह गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यस विषयमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले कांग्रेसले सत्ताका लागि कुनै पनि खालको बार्गेनिङमा लाग्न नहुने धारणा राखेको बताए ।

‘नेकपाभित्रको आन्तरिक कलहमा कांग्रेस कुनै पनि समूहको पक्ष र विपक्षमा संलग्न हुनु हुन्न । सभापतिले बैठकमा संलग्नता नभएको भनेर प्रष्ट पनि पार्नु भएको छ । बाहिर जुनखालका चर्चा परिचर्चा आएका छन्, त्यो गलत छ,’ केसीले भने, ‘सत्ताको साझेदारी र लोभमा च्याखे थाप्ने काम गर्न थाल्यौं भने आत्मघाती हुन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निचोड पनि यही हो ।’

‘सत्तारुढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्‍न द्वन्दसँग कांग्रेस निरपेक्ष रहेको छ । गत निर्वाचनमा नेपाली जनताले दिएको म्याडेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ,’ कांग्रेसले निर्णयमा भनेको छ,‘सत्ता द्वन्दसँग कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …