तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेकपा पार्टीभित्र बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री केपी ओलीले विपक्षी कांग्रेससँग शृंखलाबद्ध संवाद अघि बढाएका छन् । संसद् अधिवेशन अन्त्यको एक दिनअघि बुधबार बालुवाटारमै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री ओलीले आइतबार दूतका रूपमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका छन् ।

भेटमा देउवाले नेकपाको अन्तर्विरोधबारे चासो राखेको नेम्वाङले बताए । सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने हाम्रो व्यवस्थाको नियमित प्रक्रिया हो । भेटमा प्रतिपक्षी दलका नेताले अब सदनमा बिजनेसका रूपमा उठ्ने एमिसीको पक्षमा रहेको, संवैधानिक परिषद्मा हुने नियुक्ति चाँडो टुंग्याउनुपर्नेमा चासो राख्नुभयो । कोरोनाको असर नेपाल र भारतबीचको इस्यु तथा संविधान संशोधनको विषयमा पनि कुराकानी भयो नेम्वाङले नयाँ पत्रिकासँग भने कांग्रेस सभापतिले सत्ताधारी दलमा उठेको विवादको विषयमा पनि चासो राख्नुभयो । पार्टीभित्र छलफलमा उठेका विषयलाई नेकपाले टुंगोमा पुयाओस् भनेर शुभकामना दिनु भएको छ ।

भेटमा सहभागी कांग्रेस नेता डा. मीनेन्द्र रिजालले नेकपाको घरझगडामा कांग्रेसले कसैको पनि पक्ष नलिने बताएको जानकारी दिए । कोरोनाको आतंकले मान्छे आत्तिएका वेला पार्टीको झगडाले राम्रो सन्देश जाँदैन । नेताहरूको लडाइँले कसैको हित हुँदैन भन्ने सभापतिको कुरा थियो रिजालले भने मिलेर बस्न जनताको म्यान्डेट आएको भन्दै सभापतिले झगडामा नउत्रिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र देउवाबीचको संवाद कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समेत मुद्दा बनेको छ । नेकपामा अन्तर्विरोध बढेपछि ओलीले प्रतिपक्षीको साथ लिन संवाद अघि बढाएको टीकाटिप्पणी नेकपा र कांग्रेसभित्रै भएको छ । नेता रामचन्द्र पौडेल र सिटौला पक्षका केही नेताहरूले नेकपाको अन्तर्विरोध चुलिएका वेलामा सभापतिले किन प्रधानमन्त्रीसँग संवाद अघि बढाएको भन्दै प्रश्न उठाएका छन् ।

नेता रामचन्द्र पौडेलले ७ फागुनमा १४औँ महाधिवेशनको कार्यतालिका फेरबदल गर्न नहुने भन्दै सभापतिले महाधिवेशन टार्न खोजेको सन्देश बाहिर गएको बताएका थिए । ‘महाधिवेशन फागुन ७ बाट अदलबदल गर्नुहुँदैन । सभापतिले टार्न खोजेको म्यासेज बाहिर गएको छ,’ पौडेलले यति बोलिनसक्दै देउवाले भने, ‘म समयमै गर्न चाहन्छु । कसले महाधिवेशन नगर्ने भनेको छ र ? महाधिवेशन तयारीका लागि मुख्य संयोजक तपाईं नै बस्नुस् ।’ तर, पौडेल पनि रोकिएनन् फेरि थपे, ‘कांग्रेसले सत्ताका लागि लोभ गरेको भनेर सञ्चारमाध्यममा समाचार आए । तर, हामीले सत्तामा जाने कुरा सोच्नु पनि हुँदैन । हतार गर्नुहुँदैन भनेको हुँ ।

जवाफमा देउवाले आफूले प्रधानमन्त्रीसँग लेनदेनको कुनै संवाद नगरेको धारणा राखे । ‘कार्यव्यवस्था समितिमा भएका सबै पार्टीका सांसदहरूलाई ह्विप जारी गर्नुपर्ने भयो भन्दै प्रधानमन्त्रीले तपाईंले सहयोग गर्नुप¥यो भन्न बोलाउनुभएको रहेछ,’ देउवाले बैठकमा भने, ‘तर, मैले भेटेको भोलिपल्टै संसद् अधिवेशन अन्त्य गरिदिनुभयो ।’ महाधिवेशनको कार्यतालिका परिमार्जनबारे कांग्रेस बैठकमा धेरै नेताले नेकपाको अन्तर्विरोधमा कांग्रेसले खेल्न नहुने र सहभागी हुन नहुने बताएका थिए । नेता पौडेल, महेश आचार्य र शंकर भण्डारीले खुलेरै नेकपाको अन्तर्विरोधमा कांग्रेसले खेल्न नहुने बताए ।

विनासंवाद संसद् अधिवेशनको अन्त्यको अधिकार नभए पनि प्रधानमन्त्रीले आफूखुसी गरेका छन् । कोरोनाको विरुद्ध काम गर्नुपर्ने सरकार लोकतन्त्र कमजोर बनाउन उद्यत् छ । लोकतन्त्रमाथि धावा बोल्दै छ आचार्यले भने यसरी हामीले सरकारले जनताका लागि काम गरेनन् भनेर बोल्ने हो । तर, नेकपाको लफडामा लाग्नुहुँदैन । नेकपाको आन्तरिक झगडामा नलागौँ ।’

तर, कांग्रेसका एक केन्द्रीय सदस्य यस्तो वेला सभापतिले प्रधानमन्त्रीलाई भेट्नै नहुने बताउँछन् । ‘ओलीले प्रचण्ड, माधव नेपालहरूलई तर्साउन भेटेका हुन् ती केन्द्रीय सदस्यले भने तर, कांग्रेसले सत्ताको लोभ गरेर भेटमा सहभागी हुने, गृह र अर्थ मन्त्रालयसमेत लिने गरी समाचार आएपछि विवाद बढ्न पुग्यो ।नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि सोमबारका लागि पुनः केन्द्रीय समितिको बैठक डाकिएको छ । यो बैठकले आगामी ७ फागुनदेखि महाधिवेशन गर्ने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्दै छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …