तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताएकी छन् । सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक बिवादका सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

९८ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपा पार्टीले झनै उचाइ लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने सङ्केत गरेकी थिइन् । मन्त्री अर्यालले भनिन्, ‘यो समस्याको समाधान गर्नका निम्ती कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ । विगतमा पनि यस्तो हुन्थ्यो । भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो ।

कम्युनिष्ट पार्टीले शिखर चुम्दै गएको भन्दै मन्त्री अर्यालले यसमा धेरै जनताहरुको त्याग, तपश्या, लगानी रहेको उल्लेख गरिन् । जनभावना मर्नेगरी फरक दिशामा नेकपा जान नसक्ने भन्दै उनले विश्वास दिलाइन् । कता -कता राजनीतिमा अनिष्ट हुने त होइन भन्ने कसैलाई लाग्न सकेको भएपनि अहिले नै त्यस्तो अवस्था आइनसकेको उनको भनाइ थियो ।

कम्युनिष्ट पार्टी गतिशिल पार्टी भएको भन्दै उनले कम्युनिष्ट पार्टीमा विचारको बहस, आलोचना, आत्मालोचना स्वभाविक कुरा भएको भन्दै तर अस्वस्थ ढंगले भएको अवस्थामा भने सोच्नुपर्ने अवस्था आउने बताइन् । कम्युनिष्ट पार्टीभित्र हुने स्वतन्त्रताको प्रयोगलाई कतै पार्टी गलत दिशामा त गइरहेको छैन भन्ने ढंगले सोच्नु नहुने मन्त्री अर्यालले बताइन् । ‘पार्टीका बैठकमा मनमा लागेका कुन नभन्ने हो भने कहाँ भन्ने हो रु त्यो स्वतन्त्रताको प्रयोग कम्युनिष्ट पार्टीमा आज भइरहेको छ । त्यसको आधारमा धेरै आशंका गरिरहनुपर्ने परिस्थिती छैन’, उनले भनिन् ।

कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीचमा कुनै सम्बन्ध नरहेको समेत मन्त्री अर्यालले बताइन् । संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उहाँले संसदको बिजनेश नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रष्ट्याइन् । मन्त्री अर्यालले भनिन्, ‘हामीले बजेट ल्याउनुपर्ने थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्योय बोलायौं । बजेट पास भयो । केही(केही विधेयकहरु थिए, त्यो विधेयकमाथी छलफल गर्नुपर्ने थियो । सहमति जुट्यो ।’

संसद भनेको रत्यौली खेल्नका निम्ती चलाइरहने संस्था नभएको भन्दै उनले संसदको बिजनेश नभएका कारण बन्द गरिएको बताइन् । ‘रत्यौली खेल्न संसद चाहिएन, बिजनेश थिएन । सरकारले रोक्यो । कुनै कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक र यसको कँही मेल थिएन उनले भनिन् ।

पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उहाँले नेताहरु आपसमा बसेर निष्कर्श निकाले अगाडी बढ्ने विश्वास व्यक्त गरिन् । कुरा उठाउदा खेरि दुनियाँले अस्वभाविक ठान्नेय खालका विषयहरु नउठाइदिए हुन्थ्यो भन्ने तलका मान्छे सबैको कामना हुने समेत मन्त्री अर्यालले बताइन् ।

सहकारीमा सन्दर्भमा सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको बताइन् । स्वनियमनका कार्यलाई पनि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन् । सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्नभ अहिलेदेखि नै सचेत रहनुपर्ने उनको भनाइ थियो । त्यसका निम्ती केन्द्रीय सहकारी संघहरु बढी लाग्न मन्त्री अर्यालले आग्रह गरिन् ।

केही कानुनहरु संशोधन गरेर जानुपर्ने भएकाले आजको आवश्यकतालाई पुर्ती गर्नेगरी ऐन संशोधन गर्न अगाडी बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालले बताइन् । ‘तपाइहरु एकमत भएर टुंग्याइदिनुस् । मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो टुंगिनै नसक्ने । यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन मन्त्री अर्यालले भनिन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …