तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

श्यामप्रसाद रेग्मी

शाहवंशको मूल थलो भीरकोट राज्यले नेपालको इतिहासमा ठूलो महिमा बोकेको छ।यसैको नामबाट हाल भीरकोट नगर पालिकाको नामकरण पनि भएको छ।

भीरकोट नामकरणका सम्बन्धमा धरै मानिसहरुका धेरैथरी विचार व्यक्तभएको पाइन्छ। भीर+कोत(कोट) मिलेर भीरकोट शब्द बनेको पाइन्छ । भीरको अर्थ भिरालो जमिन र कोतको अर्थ खर खजाना राख्ने ठाऊँ भन्ने बुझिन्छ । यस क्षेत्रमा हालसम्म पनि प्रशस्त राँगा, पाठा काटिने र काट्ने समान सुरक्षित रुपमा राखिने प्रबन्ध भएकाले ‘भीरकोत’को अपभ्रंश भएर ‘भीरकोट’ रहन गएको हो भन्ने भनाइ पाइन्छ । अर्काथरीको विचारमा “भृगुकुत”  भृगु ऋषिको नाम र कुतको अर्थ पहाडको चुचुरो  (जहाँ भृगु ऋषिको तपस्थल ) बाट भृगुकुत भएको र यहाँका स्थानीयवासीहरुले “त” को उच्चारण “ट” गर्ने हुँदा कालान्तरमा अपभ्रंश भई भीरकोट नामकरण भएको भन्ने भनाइ पनि पाइन्छ ।भृगुकुट अर्थात् भृगु ऋषिको वासस्थानबाट अपभ्रंश भएर बनेको हो भन्ने पनि पाइन्छ। हाम्रा यी क्षेत्रहरु भृगु ऋषिले वासस्थान गरेका क्षेत्रहरु हुन् । ‘भृगु’ ऋषिको नाम र ‘कुट’को अर्थ ‘वासस्थान’ हुने भएकाले यो भनाइ पनि युक्तिसंगत नै देखिन्छ । 

नेपाल राज्यको ठीक वीच भागमा रहेको यो क्षेत्रमा उत्तर र दक्षिण भएर बगेको आँधिखोलाको वरपर हराभरा क्षेत्र रहेको

छ जसको अग्लो ठाँउबाट हिमाल देखिने भएकाले हिमालको चिसो हावाले शितलता र मनमोहक बनाएको पाइन्छ।

ईसाको सातौं शताब्दीपछि भारतमा केन्द्रीय शासनको कमजोरीको फलस्वरुपः सानातिना राज्यहरु कायम भए । यी भारतका साना राज्यहरुमा आपसी बैमनस्यताका कारण यहाँका कतिपय राजपुत शासकहरु उत्तरतर्फको पहाडी क्षेत्रतर्फ लागे । यता नेपालमा पनि केन्द्रीय शासनको कमजोरीका कारण इसाको पन्धौं शताब्दीतिर अनेकौं राज्यहरु कायम हुन पुगे । ईसाको सत्रौं अठारौं शताब्दीसम्म नेपालमा स्वतन्त्र रुपमा रहेका पचासभन्दा बढी राज्यहरु कायम भैसकेका थिए । गण्डकी क्षेत्रका राज्यलाई चौविसे राज्य भनिन्थ्यो । पाल्पा, तनहुँ, लमजुङ गलकोट,पर्वत, नुवाकोट, गह्रौँ, रिसिड, घिरिङ, ढोर, गुल्मी, मुसिकोट, इस्मा, प्युठान, भीरकोट,धुर्कोट, अर्घाखाँची, सतौं, कास्की, सल्यान आदि चौविसे र कणांली प्रदेशमा अवस्थित राज्यहरु जुम्ला, जाजरकोट, अछाम,रोल्पा लगायतका राज्यहरुलाई बाइसे राज्य भनिन्थ्यो । 

यी राज्यहरु एकआपसमा झगड़ा गरिरहन्थे । जसले गर्दा यसको संख्या घटबढ भैरहन्थ्यो । यी राज्यहरुमा पृथक पृथक राजबंशहरुले राज गरे । भीरकोट चौविसे राज्य अन्तर्गत पर्दथ्यो जहाँ खान उपाधीधारी शासकले शासन गर्दथे।

भारतको चित्तौरगढमा भट्टारक ऋषिराज राणाजी थिए। भूपति राणाजी राव पनि यसै वंशका थिए । यिनका तीन भाइ छोरा थिए । ती हुन उदयबम, फत्तेसिंह र मनमथ । मनमथ मुसलमानको आक्रमणवाट वच्न उज्जैन आएर बस्न थाले । यिनका ब्राम्हाणिक र भुपाल दुई छोरा थिए । यी एक आपसमा झगडा गरिरहन्थे, त्यसैले भुपाल उज्जैनबाट रिडी आइपुगे। भुपाल रिडीमा पनि बस्न सकेनन्। रिडीबाट आलमदेवीको बाटो भै पूर्वतर्फ लागे । भुपालका खान्चाखान र मिचाखान नाम गरेका दुई भाइ छोरा थिए। हालको स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका अन्तर्गत पर्ने आलमदेवी भन्ने  ठाउँ नै ऐतिहासिक ठाउँ हो ।आलमदेवीमा मगरहरुको ठुलो बस्ती छ । उनिहरुको आफ्नो भाषा छ। मगर भाषामा नै खान्चा खान र मिचा खान नाम रह्यो भन्ने भनाई छ।

त्यसपछि यिनी सन् १४९५ मा यसै भीरकोटको खिलुङमा आइपुगे । दुई छोराहरुमध्ये खान्चाखानले चौविसे मध्येको ढोरमा अस्तित्व कायम गरी मगराँतको ठुलो भाग कब्जा जमाए। यिनको राज्यमा सतहुँ र गह्रौं सम्मिलित थिए । कान्छा भाइ मिचा खान भने नुवाकोटमा गई शासन गर्न थाले । यिनैका बंश पछि कास्की, लमजुङ, तनहुँ  र पछि गोरखामा शासन गर्न पुगे। यसै खाँन वंशका कुलमण्डनले दिल्लीका वादशाहलाई रिझाए बापतमा उनले शाह उपाधि दिएका थिए । त्यसपछि यस वंशका प्राय:बंशजहरुमा शाह चलन चलेको कुरा इतिहासकार बालचन्द्र शर्मा बताउँछन् । 

यसरी भीरकोट राज्य स्थापना भएको देखिन्छ । यो राज्य राजेन्द्र लक्ष्मीको नायवी कालमा मात्र गोरखा राज्यमा विलय भएको थियो।भीरकोट क्षेत्रका समाजसेवी श्री ढालविक्रम खाँणका अनुसार खानको अपभ्रंश भएर खाँण भएको प्रष्ट हुन्छ । हाल भीरकोट क्षेत्रमा रहेका खानहरु आफुलाई कसैले खाँण र कसैले शाह थर लेख्ने गरेको पाइन्छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …