तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जिल्ला अस्पताल पाल्पामा कार्यरत हेल्थ असिस्टेण्ट छविराज गिरी १ सय ४० दिनदेखि कार्यालयको सम्पर्कभन्दा बाहिर छन् । समायोजनका क्रममा जिल्ला अस्पताल पाल्पामा दरबन्दी भएका सिनियर हेल्थ असिस्टेण्ट गिरी १४० दिनदेखि कार्यालयमा उपस्थित नभएपछि उनको नाममा ७ दिने सूचना जारी भएको हो ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार गिरीको नाममा ७ दिने सूचना जारी गर्दै स्पष्टीकरण पेश गर्न भनिएको छ । जिल्ला अस्पताल पाल्पामा दरबन्दी रहेका गिरी गत फागुन २ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् ।

आफ्नो कर्मचारी बिना सूचना लामो समयदेखि कार्यालयमा उपस्थित नभएपछि जिल्ला अस्पताल पाल्पाले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा लेखि पठाएको थियो । कर्मचारी सम्पर्कविहीन भएपछि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले शुक्रबार ७ दिने सूचना जारी गर्दै सेवाबाटै बर्खास्त किन नगर्ने हो सो को स्पष्टीकरण पेश गर्नु भनेको छ ।

मन्त्रालयको ७ दिने सूचनामा भनिएको छ तपाईं छविराज गिरी पाल्पा अस्पताल तानसेनको पत्र तथा दैनिक रुपमा सोही अस्पतालबाट प्राप्त हाजिरी विवरणअनुसार सम्बन्धित कार्यालयबाट विदा स्वीकृत नगराई मिति २०७६ /११/०२ देखि हालसम्म पनि अस्पतालमा उपस्थित नभएको र स्वास्थ्यकर्मीहरुलाई लकडाउनको समयमा समेत अनिवार्य उपस्थितिका लागि स्वास्थ्य मन्त्रालयबाट पटकपटक भएको निर्देशन समेतलाई बेवास्ता गरेको भन्ने व्यहोरा बुझिन आएकाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिमको काम गरेकोमा तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउनु नपर्ने वा बर्खास्त गर्नु नपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण सहित उपस्थित हुनुहोला ।’

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीमा दरबन्दी रहेका गिरी २०७६ मंसिर २७ गते प्रदेशिक मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला अस्पतालमा पदस्थापन भएका थिए ।

प्रदेश सरकारको ७ दिने सूचना

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …