तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा शुक्रबार बुटवलमा प्रदर्शन भएको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश पाँचले ‘राष्ट्रिय स्वाभिमान र समृद्धि, ओली सरकार नेपाल र नेपालीको भविश्यका निम्ती’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएको थियो ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक यही सरकार हो फर्काउने, ओली सरकार परिर्वतन गर्न पाइदैन जस्ता प्ले कार्ड सहित युवाहरू सडकमा उत्रिएका थिए । बुटवल मिलनचोकबाट सुरू भएको प्रदर्शन बसपार्क, हस्टिपललाई हुँदै पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई संवोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष कमल गौतमले ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन बेमौषमको बाजा भएको बताए । उनले राष्ट्रिय एकताका लागि नै ओली आवश्यक रहेको बताए । एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले राष्ट्रले खोजेको नेतालाई अहिले परिवर्तन सम्भव नभएको बताए ।

एकेडेमीका प्रदेश अध्यक्ष नरबहादुर घर्तीले देश परिवर्तन गर्ने नेतालाई पार्टी र सरकारको नेतृत्वबाट हटाउने कुरा हुनै नसक्ने बताए । कार्यक्रममा युवा संघ,अनेरास्ववियुका नेता कार्यक्रमताहरु सहभागी थिए । यस अगाडि झापा, पोखरा काठमाडौंमा पनि ओली सरकारको समर्थनमा युवाहरूले प्रदर्शन गरेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …