तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ-  काँग्रेस परित्याग गरि २०७६ फाल्गुनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका नेपाली काँग्रेस जिल्ला कार्य समिति खोटाङका जिल्ला सदस्य उमेशचन्द्र आचार्य पुनः काँग्रेसमा फर्किएका छन् ।

दिक्तेलस्थित सगरमाथा होटलमा एक कार्यक्रमको आयोजना गरि आचार्यले आफू नेकपामा गएर ठूलो भूल गरेको महशुस गर्दै काँग्रेस पार्टीमा २५ वर्ष देखिको आफ्नो निरन्तरतालाई पुनः अंगाल्ने निर्णयका साथ आफू फर्किएको बताएका छन् ।

कोरोना भाइरसका वन्दोबस्ति र स्वास्थ्य सामग्रीमा करोडौं भ्रष्टाचार गरि फूपुको श्राद्धमा खर्च गरिए झैँ नक्कली सामान खरिदमा गुणस्तरको वेवास्ता गर्दै किसान, मजदुर महिला, बालबालिका, जेष्ठ नागरिक एवं गरिबीको रेखामुनि रहेका असाह्य, दीन दुःखी नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको करबाट उठेको रकमबाट प्रधानमन्त्री, मन्त्री, माननीय र जनप्रतिनिधिको सेवासुविधा बढाउनु घोर आपत्ति रहेको विज्ञप्ती सार्वजनिक गर्दै आचार्य काँग्रेसमा फर्किएका हुन् ।

राज्यबाट पाउने सेवा सुविधा हकहित, अधिकार र अवशरबाट बञ्चित पारिएका नागरिकहरुलाई ढाल बनानाएर दुई तिहाइकोे मत प्राप्त सरकारको अहमता देखियो । उनीहरु रहरले त्यो अवस्थामा पुगेका हुन उनीहरुलाई दिइने सेवा सुविधामा इच्छाइएको व्यक्तिका मूल्याङ्कनको सूचिमा नपर्नेहरुको आवाजमा साथ दिनको लागि दिगो व्यवस्थापनको भूमिका निर्वाह गर्न सत्ताको माखे साङ्लोमा परी कुहिरोको कागझैं आकाशमा उड्न खोज्दा क्षितिजपारिको गाउँमा कहिल्यै रात पर्दैन भन्नेहरुको विश्वास कसैले पनि नगर्नु र निदाएको अभिनय गर्नु ठूलो भूल भएको महशुस गरी विगत २५ वर्षदेखिको आफ्नो निरन्तरतालाई अंगाल्दै आजकै मितिबाट नेपाली काँग्रेस मै पुनः फर्केको छु । उनले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस भएर नै देश र जनताको भलाई हुनेमा विश्वास राखी पुरानो आफ्नै मुलघरमा रहेर पार्टीको नीति, अनुशासन र मर्यादामा बसी आफू कृयाशील हुने निर्णय गरेको उनले बताए । कम्युनिष्टको सस्तो नारामा फसेर अरू कुनै साथीहरूले बाटो विराउनु भएको छ भने तत्कालै नेपाली काँग्रेसमा आवद्ध हुन समेत उनले अपील गरेका छन् ।

कार्यक्रममा कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नगर सभापति दुर्गा घिमिरे, जिल्ला सदस्य द्धय प्रकाश श्रेष्ठ, दिनेश घिमिरे, नेपाल तरुण दलका उपाध्यक्ष सञ्जयकुमार राई लगायतको उपस्थिति थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …