पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी (प्रा.लि) ले बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता तिर्ने अवधि थप ६ महिना बढाइदिन सरकारसँग आग्रह गरेको छ । लामो समय सवारीसाधन थन्किएकाले अहिले नै किस्ता तिर्ने अवस्था नरहेकोले थप ६ महिना समयावधि बढाइदिन कम्पनीले आग्रह गरेकाे हाे ।
कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीका १४ सय सवारीसाधनमा पाँच अर्ब ६० करोडको लगानी रहेको जानकारी दिए । त्यसमध्ये ७० प्रतिशत लगानी बैंक, वित्तीय संस्थाहरूको रहेको उनको भनाइ छ । उनले सवारीसाधनमा भएको लगानी डुबे बैंक तथा वित्तीय संस्था पनि डुब्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।
किस्ता तिर्ने अवधि नबढाए सबै बसको कागज बैंक तथा वित्तीय संस्थालाई नै बुझाउने उनले चेतावनी पनि दिए । उनले भने, ‘सरकारले हाम्रा कुरा सुनेन । टाट पल्टने अवस्थामा रहेका हामीले बैंकको पैसा तिरेनौँ भने बैंक पनि समस्यामा पर्लान् नि । उनीहरूलाई जोगाउन भए पनि म्याद थपियोस् । होइन भने हामी सबै बसका कागज र चाबी बैंक वित्तीय संस्थामा बुझाउँछौँ ।’ बस व्यवसायीको आग्रह स्वीकार नगरे २१ असारमा कागजपत्र र चाबी संकलन गरी २२ असारमा बुझाउने उनले बताए ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष ऐनकुमार शाहीले सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन नगरे गाडी चलाउन आह्वान गरेपछि पनि सवारीसाधन थन्क्याउनुपर्ने अवस्था आउने बताए । ग्यारेजमा थन्किएका सवारीसाधन बाहिर निकाल्न मात्र एकदेखि दुई लाख खर्च गर्नुपर्ने उनको भनाइ छ । ‘सवारीसाधन अहिलेसम्म थन्किँदा टायर काम नलाग्ने भएका छन् । इन्जिनसमेत नचल्ने अवस्थामा पुगेका छन्,’ उलने भने ।
महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले बैंक, वित्तीय संस्थाले कूटनीतिक ढंगले व्यवसायीलाई फसाइरहेको आरोप लगाए । गाडीको ऋणमा जग्गा फसाउने काम भइरहेको उनले बताए ।
लामो समयसम्म सवारीसाधन नचल्दा यातायात मजदुरहरूको अवस्था पनि दयनीय भएको उनले बताए । यातायात मजदुरलाई वैकल्पिक रोजगारी सिर्जना गर्न उनले आग्रह गरेका छन् । कोभिड–१९ को त्रासको वेला थप जोखिम निम्त्याउन नचाहेको उल्लेख गर्दै उनले एयरलाइन्सले भन्दा राम्रो व्यवस्थापन गरी सवारीसाधन चलाउन तयार रहेको बताए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …