तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ ।

महासङ्घका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।

समितिका सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद सापकोटा रयाडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर छन् ।

समितिका सल्लाहकारमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन् ।

त्यसैगरी समितिमा आमन्त्रित सदस्यमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशीय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य जितेन्द्र झाँक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष अमृत भुजेल, ललितपुर उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य अपुलाल अवालेलगायत रहेका छन् ।

समिति विस्तार समारोहलाई सम्वोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, “यदि हामीसँग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सक्याँै भने हामीले निकै धेरै लाभ उठाउन सक्छौँ ।” उनले अवको ध्यान सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ हुनुपर्ने र यसमा महासङ्घको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धरासायी भएको पर्यटन क्षेत्रलाई पुनःजीवन दिन समितिबाट महत्वपूर्ण पहल हुने भन्दै त्यसमा आफूबाट पूर्णसहयोग रहने विश्वास दिलाउनुभयो । महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महासङ्घका सबै सदस्यलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजले ल्याउनुपर्ने सुझाव दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …