तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

नेपाल राष्ट्रबैंकबाट “ ख ” वर्गको इजाजत पत्रप्राप्त संस्था गरिमा विकास बैंक लिमिटेडले कोभिड -१९ बाट अत्याधिक प्रभावित यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित ” हायर पर्चेज ” शीर्षक कर्जामा आफ्ना ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको छुट बाहेक थप एक महिनाको ब्याज छुट दिने भएको छ 

नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि घोषणा गरेको देशव्यापी बन्दाबन्दी लकाडाउन गरेका कारण यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको थियो ।

सवारी साधन धितोमा राखी बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन बस , मिनीबस , माईक्रो बस , जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख , जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत दिइएको छुटबाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरी आफ्ना ऋणी हरुको मर्कालाई राहत दिएको छ । 

सम्बन्धित सम्पुर्ण सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सकिने  विज्ञप्तिमा उल्लेख  छ। 

विकास बैंकले कोभिड -१९ को महामारी तथा देशव्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि “ हायर पर्चेज ” शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ  प्रकाशित विज्ञप्तिमा उल्लेख  छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …