तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ ।  व्यास नगरपालिका–३ बिसघरेस्थित बुल्दीखोला किनारमा जिल्लामै पहिलो आधुनिक र व्यवस्थित बधशाला निर्माण गरिएको छ । करिब एक रोपनी क्षेत्रफलमा रु ६० लाखको लागतमा आधुनिक बधशाला निर्माण गरिएको हो । आगामी आर्थिक वर्षमा बायोग्यास प्लान्टसमेत जडान गर्ने योजना रहेको वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बधशाला विसं २०७६ पुसमा थालिएको थियो । कुखुरा, भैँसी, राँगा र खशीबोकाका लागि छुट्टाछुट्टै पशु बधस्थलको व्यवस्था मिलाइएको नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । जथाभावी पशु बध गर्दा वातावरण दुर्गन्धित हुनुका साथै उपभोक्ताले स्वच्छ मासु खानाबाट बञ्चित हुँदै आएकाले त्यसलाई न्यूनीकरण गर्न बधशाला निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “बिजुली विस्तारसँगै बधशालासम्म जाने बाटो निर्माण सम्पन्नपछि बधशाला सञ्चालनमा ल्याइएको हो ।”

बधशाला सञ्चालनमा ल्याउनु अघि मासु व्यवसायी सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ, उपभोक्ता समितिलगायत निकायबीच छलफल गरिएको थियो । “बधशालामा पशुबध गरिएको मासु मात्रै बिक्री गरिनेछ”, वडासदस्य रविन पौडेलले भन्नुभयो, “सफा, सुग्घर स्वच्छ मासु भए/नभएको अनुगमन तथा निरीक्षण कार्यलाई कडाइका साथ लागू गरिने छ ।”

बधशाला नहुँदा मासु व्यवसायीले अस्वस्थ प्रतिस्पर्धाका साथै जथाभावी काटमार गरेर अव्यवस्थित (खुला) तरिकाले मासु ओसारपसार गर्दै आएकाले त्यसलाई समेत मध्यनजर गरी व्यवस्थित गरिन लागिएको नगरपालिकाले जनाएको छ । व्यवस्थित तरिकाले बधशाला निर्माण गरिएको तनहुँमा यो पहिलो बधशाला भएको नगरपालिकाले जनाएको छ । उक्त बधशालाको केही दिनअघि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घटन गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …