तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राइ मलेसिया

मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मालिन्डो एयरलाइन्सले  नेपाल सरकारले तोकेको टिकटको मुल्य भन्दा कम सस्तो टिकटमा उडान गर्ने भएको छ । हिमाल एयरलाइन्स र नेपाल एयरलाइन्सले तोकेको भाडाभन्दा मालिन्डो एयरलाइन्सले तीन हजार कम भाडा दर तोकेको छ।

मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावासले एक सुचना जारी गर्दै आगामी जुलाई २ र ३ तारिखमा मालिन्डो एयरलाइन्सले उडान गर्ने जनाएको छ । दुतावासको पहलमा मालिन्डो एयरलाइन्सले अब मलेसियान १५ सय रिंगेटमा मलेसियाबाट नेपाल सम्म चार्टर उडान गर्ने भएको छ । मालिन्डो एयरलाइन्सको टिकटको मुल्य अन्य  नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको टिकटको मुल्य भन्दा ९० रिंगेट सस्तो पर्ने दूतावासको स्रोतले बताए।

हिमाल एयरलाइन्स र नेपाल एयरलाइन्सले मलेसियाबाट काठमाण्डौको चार्टर्ड उडानको भाडादर  १५ सय ९० मलेसियन रिंगेट भने नेपाली रूपैयाँ  ४४ हजार ७९५  रहेको छ । तर मलिन्डो एअरले भने १५ सय मलेसियन रिंगेट अथवा नेपाली रूपै ४२ हजार २२५९ रूपैयाँमा उडान भर्ने भएको छ ।  दूतावासले l अन्य एजेण्ट वा कसैले पनि योभन्दा बढी भाडा मागेमा नदिन र नतिर्न साथै  कुनै  बहानामा बढी भाडा मागेमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …