तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राकेश कुमार शर्मा -हेटौंडा

मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बनाउन सकिन्छ । नेपाली सेनाहरुका लागी मुलुक प्यारो की राजनीतिक दलहरूका भ्रष्ट, हत्यारा र मुलुकलाई ध्वस्त गर्ने नेताहरु प्यारो ?

माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको थियअहिले आएर पनि मन्त्री र नेताहरूले कहिले सेनाहरुको संख्या कम गर्ने भन्छन, कहिले सेनाहरुको रेन्जर गण (बटालियन) हटाउनु पर्ने वा खारेज गर्ने भन्छन आखिरमा गर्न खोजेको के ?

जुनसुकै मुलुकमा पनि मुलुकको हित र रक्षाका लागी सेनाहरु महत्त्वपूर्ण अंग र शक्तिशाली रूपमा मानिन्छ । तर हाम्रो मुलुकमा भ्रष्ट मन्त्री र नेताहरुले विभिन्न किसिमबाट सेनाहरुलाई कमजोर बनाउने खेल भइ रहेको छ।

स- साना कुराहरूलाई पनि अब सेनाहरुले गम्भीरतापूर्वक नलिएमा विश्वमा नै नेपाली सेना बदनाम हुने स्थिति आउन सक्छ। प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट मुलुकमा के सहि के गल्ती भइ रहेको छ भन्ने कुरा प्रमुख हो । तपाईंहरु आफै भन्नुस् के प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरू संविधान बमोजिम चलेका छन ? हाम्रो मुलुकमा प्रजातन्त्र र गणतन्त्रको सहि सदुपयोग भएको छ ? नागरिकहरुले सहि कामहरू गर्नका लागी प्रतिनिधिहरुलाई निर्वाचनमा चुनेर पठाएका हुन जनताहरु बाट निर्वाचित हुँ भन्दैमा दुरुपयोग र मनपरि गर्न पाइन्छ ? कोरोना भाइरसको महामारीको समयमा दुरुपयोग गर्ने हरुले अरु समयमा के बाँकी राख्लान यो कुरा नेपाली सेना लगायत नेपाली नागरिकले बुझन आबस्यक छ।

कोरोना भाइरसको महामारीमा लकडाउनको समयमा अर्बौंको भ्रष्टाचार, सत्ता लिप्सा र सत्ता परिवर्तनको खेल के यो सहि हो ? हग्नेलाई भन्दा देख्नेलाई लाज । यसकारण मुलुकको हित भन्दा ठुलो संविधान होइन यो सबैले बुझ्नुपर्ने कुरा हो ।

बाहिरी मुलुकहरुमा सेनाहरुको लागि मुलुकको स्वाधीनता र अस्मिता भन्दा ठुलो केही पनि हुँदैन। सेनालाई राजनीतिक संग सरोकार नै हुदैन तर नेपालमा सेनाहरु पनि राजनीतिक दलहरूको कार्यकर्ता र सदस्य भएर हिड्ने ?

बाहिरी मुलुकमा सेनाहरु मुलुकको स्वाधीनता प्रति मात्र जिम्मेवार हुन्छन । विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकालीन बाट चल्दै आइरहेको अवस्था छ । हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री र सांसदहरूको कारण मुलुकको स्वाधीनता धरापमा पर्दा पनि सेनाहरुको आस्था दलहरू प्रति मात्र देखिन्छ ।

हाम्रो मुलुकमा लुटनका लागी गणतन्त्र ल्याइएको हो ? आफ्नो कार्यकर्ताहरु, श्रीमती, श्रीमान, छोरा, छोरी, बुहारी आदि जस्ता नाता, गोता, पाल्न र लुटनका लागि संघीयता र समानुपातिक निर्वाचन प्रणाली ल्याइएको हो ? तर हाम्रो मुलकका लागि संघीयता र समानुपातिक निर्वाचन प्रणाली घातक छ । यसकारण प्रदेश सरकारहरु र समानुपातिक निर्वाचन प्रणाली तत्काल खारेज गरिनुपर्छ ।

सेनाहरुको लागि मुलुकको स्वाधीनता र अखण्डता भन्दा ठुलो र प्यारो राजनीतिक दलहरूका नेताहरू होइनन कोरोना भाइरसको महामारीमा मुलुकमा संकट परेको बेला मुलुक भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र सत्ता परिवर्तनको खेल भइ रहँदा पनि सेनाहरु चुप किन ?

अब सेनाहरुले जंगी अड्डा, पृतना, गण र गुल्म हरुको नाम परिवर्तन गरि नेकपा पृतना, कांग्रेस पृतना, माओवादी पृतना, राजपा पृतना, माले पृतना, राप्रपा गण, साझा गण, विवेकशील गण, बाममोर्चा गुल्म र मजदुर किसान गुल्म आदि आदि जस्ता नामकरण गरे हुन्छ ।

सर्वसाधारण हरुलाई मात्र लकडाउन थियो । लकडाउनको समयमा पनि मन्त्रीहरु र नेताहरूलाई खुमलटार, कोटेश्वर, भैसेपाटी र बालुवाटार आदि आदि जस्ता यत्रतत्र जान आउन छुट किन ? मन्त्रीहरुलाई मन्त्री परिषद बैठक, सांसदहरू लाई प्रतिनिधि सभा बैठक, स्थायी समिति बैठक र सर्वदलीय बैठक बस्न जान आउन पनि छुट किन ?

यसकारण सबै नेपाली नागरिकहरुले बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन । संंविधान फेरि पनि बन्न सक्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …