तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले उखान टुक्का भन्ने, मजाक गर्ने र नागरिकहरुको कुराहरुलाई खिल्ली उडाएर टार्ने सहि समय हो र यो ? संसदमा सरकारले नागरिकहरुको प्रश्नको जवाफ दिनुपर्ने कर्तव्य हो । सरकारले जवाफ दिन्न भनेर उम्कन पाउँदैन ।

सच्चा नागरिकहरुले सरकार संग १० अर्बको हिसाब माग्नु र वर्ष भरिमा सरकारले मुलुकमा विकास, प्रगति र उन्नति के के गरेको छ आदि आदि जस्ता थुप्रै सरकार संग सरोकार रहेका संबंधित कुराहरू सोधपुछ गर्नु जायज कुरा र हक अधिकार हो । सरकारले नागरिकहरुको प्रश्नको जवाफ दिने ठाउँ भनेको प्रतिनिधि सभा बैठक (संसद) मा हो ।

प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीमा हिसाब माग्ने बेला होइन भनेर समेत भन्नु भयो प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले भन्ने कुरा यही हो ? कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले नागरिकहरुको कुनै पनि कुराहरूलाई गम्भीरतापूर्वक नलिई प्रधानमन्त्रीले उखानको टुक्का भन्ने ? मजाक गर्ने सही समय हो यो ?

आर डी टी परिक्षण भरपर्दो र विश्वसनीय छैन भने वाहियातमा आर डी टी परिक्षण गर्नुपर्ने किन ? पी सी आर परिक्षण गरे मात्र हुन्न ? सरकारले र राजनीतिक दलका शीर्ष भनौंदा नेताहरूले जनताहरुलाई झुक्याउन र अल्मलाउन मात्र जानेका छन ।

प्रधानमन्त्रीले भन्छन्  हाँछ्यु गरे, बेसार र तातोपानी खाए कोरोना भाग्छ त्यसो भए मुलुकलाई लकडाउन गरी राख्नु किन ?

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले सहानुभूति दिनुको सट्टा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मजाक, कमेडी गर्ने र खिल्ली उडाउने उपयुक्त बेला हो यो ? कोरोना भाइरसको नाममा अनावश्यक लकडाउन गरी विधार्थीहरुको भविष्य संग खेलवाड गर्ने काम भइरहेको छ । व्यापारी र व्यवसायीहरुलाई पनि जोखिममा पार्ने काम भएको छ ।

सरकारलाई अन्लाईन कक्षा भन्न सजिलो छ । अन्लाईन कक्षा हाम्रो मुलुकमा सफल हुन सक्छ ? हालको ईन्टरनेट स्पीडले सम्पुर्ण विधार्थीहरुले अन्लाईन कक्षा पढ्न संभव छ ? ईन्टरनेट र मोबाइलको पहुँच र सुविधा सम्पुर्ण विधार्थीहरुले पाउन सक्छन्  ? सरकारले हचुवा भरमा कुरा बोल्ने मात्र हो । ईन्टरनेटको पहुँच नभएको ठाउँहरुमा विधार्थीहरुले अन्लाईन कक्षा कसरी पढने ? बल्लतल्ल जीउ धान्न र पढन सक्ने दयनीय अवस्था भएकाहरुले अन्लाईन मार्फत पढन मोबाइल र ल्यापटप कसरी किन्ने ? सरकारले यसबारे सोचेको छ ?  सरकार संग कुनै पनि योजनाहरुको लागी गृहकार्य, दुरदर्शिता र भिजन नै छैन ।

लकडाउन खुकुलो भन्ने जोर बिजोर प्रणाली लागु गरी सकेपछि पनि निजी सवारी साधनमा एउटा जिल्ला बाट अर्को जिल्लाहरुमा जान सवारी पास किन ? अन्तर्राष्ट्रिय मुलुक हो र सवारी पास चाहिने ? जनताहरुलाई दु:ख दिने नियत हो । अब नेपाल कम्युनिस्ट पार्टीको सरकारको आयु समाप्त हुन लागेको अनुभुती हुन लागेको छ जस्तो मलाई लाग्छ ?

कोरोना भाइरसको महामारीमा करदाताहरुले कर तिर्दैनौ भनेर कसैले पनि भनेको छैन ? मुलुक लकडाउनमा छ । व्यापारी र व्यवसायी हरु समस्यामा परेका छन। जोखिमपूर्ण अवस्थामा सरकारले कर तिर्न भन्छ ? कोरोना भाइरसको महामारीमा पनि सरकारले मानवीय व्यवहार देखाउन सकेन ? अन्तर्राष्ट्रिय मुलुकहरुमा सरकारले नागरिकहरुको बैंकको खाताहरुमा पैसा हालेको अवस्था छ ।

नागरिकहरुलाई कोरोना महामारीको दशा लागेको छ । सरकार  लुटन र भ्रष्टाचार गर्नमा व्यस्त छ । कोरोना भाइरस भन्दा पनि खतरनाक केही मन्त्रीहरु र नेताहरू मुलुकको लागी खतरनाक भाइरस हुन ?

क्वारेन्टाइनहरु व्यवस्थित नभएकोले क्वारेन्टाइनमा बस्न नागरिकहरुले मानिरहेका छैनन । क्वारेन्टाइनमा बस्दा झन बिरामी पर्ने हो की भन्ने डरले पनि बस्न मानिरहेका छैनन ।क्वारेन्टाइनमा बस्ने मानिसहरू माथि अन्याय र चरम लापरबाही भइरहेको जन गुनासोहरु सुन्नमा आएको छ ।

कोरोना भाइरसको महामारीमा क्वारेन्टाइन भनेको छ बस्न बाध्य पारिएको छ यो तरिका ठिक भएन क्वारेन्टाइनमा बस्नेहरुको लागी खानपिन पनि दरो इम्युनिटी पावर बढाउने किसिमको पोषण युक्त खाना हुनुपर्छ । क्वारेन्टाइनमा बस्ने हरुको लागी चिया, दुध, फलफूल र खाजाहरुको पनि बन्दोबस्त खोइ ?

क्वारेन्टाइनमा रेखदेख गर्न डाक्टर, साबुन, स्वच्छ पानी, सेनिटाइजर र शौचालय पनि व्यवस्थित हुन जरुरी छ ।

क्वारेन्टाइनमा बस्ने हरुले दिन बिताउने कसरी यो पनि प्रमुख कुरा हो क्वारेन्टाइनमा बस्ने भन्ने बित्तिकै आत्मबल कमजोर हुन गएको हुन्छ ? मनोबल बढने र बस्न उत्साह आउने किसिमको सेवा सुविधाहरू क्वारेन्टाइनमा खोइ ?

क्वारेन्टाइनमा मृत्यु भएको बलात्कार भएको र कुहिएको चामलको खानाहरु खिलाउने गरेको कुरा पनि सुन्नमा आएको छ सत्य तथ्य के हो ? क्वारेन्टाइनमा मानिसहरु बिरामी, मृत्यु र बलात्कार भएको जिम्मेवारहरु को ? 

क्वारेन्टाइनमा राखिएको बहानामा सम्बन्धित निकायहरुले विभिन्न खर्चहरुको शीर्षक बनाएर आर्थिक अनियमितता गरी लुटन खोजिएको हो ? हाम्रो मुलुकमा लुटन मात्र जानिएको छ ?

क्वारेन्टाइनमा राखिने जिम्मेवारी पाएका सम्बन्धित निकायहरुले एक त क्वारेन्टाइनमा बल जबर्जस्ती गरी राखिने गरेको छ ? क्वारेन्टाइनमा राखिने मानिसहरूलाई अन्तर्राष्ट्रिय मुलुकहरूको मापदण्ड अनुसार सेवा सुविधाहरू दिन सक्नु हुन्न भने जबर्जस्ती बलको प्रयोग गरी राख्न पाइन्छ ? क्वारेन्टाइनमा राखिएको मानिसहरू माथि खेलवाड गर्न पाइन्छ ?

लेखक राकेश कुमार शर्मा
मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ का स्वतन्त्र नेपाली नागरिक हुन ।
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …