तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना भाईरसका कारण मृत्‍यु भएको शव बुझ्ने आफन्त कोही नभएपछि नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि शबको  अन्त्येष्टी गरिएको हो ।

अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले आफुलाई पत्राचार गरे पनि कोरोना संक्रमणका कारण  मृत्‍यु   भएकाले र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन निकै समस्या भएको थियो । शव लिने प्रक्रियाक लागि दिल्लीस्थित नेपाली राजदूतावासलाई बारम्बार गुहार माग्दा दुतबास बाट कुनै पहल नभए पछी भारतको गृह मन्त्रालयको सहयोगमा शव बुझी  अन्तिम संस्कार गरिएको पाण्डेले बताए 

दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापा सतासीधामका ज्ञान बहादुर बस्नेतको ७  जुनमा निधन भएको थियो मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …