स्याङ्जा । स्याङजा जिल्लाको वालिङ नगरपालिकाका एक युवा देशमै बसेर परिश्रम गर्यो भने सफल हुन सकिन्छ भन्ने उदाहरणका एक पात्र बनेका छन।
१५ वर्षदेखी वैदेशिक रोजगारिमा रहेपछि नेपालमै अब केही गर्छु भनेर स्वदेश फर्किएका वालिङ नगरपालिकाका कृषि व्यवसायी राजु सुवेदिले बैंकबाट ॠण लिएर विगत २ बर्षदेखी गल्याङ नगरपलिका ८ स्थित करादिमा ‘ गर्हौँकालिका कृषि फार्म’ संचालन गर्दै आएका छन।
लामो समय सम्म बैदेशिक रोजगारी गरेका सुबेदीले देशमानै कृषि कर्म गर्ने जोश र जागर सहीत गर्हौकालिका कृषि फार्म दर्ता गरि लोकल कुखुरा, कालिज, बटै र बाख्रा पालनमा प्रवेश गरेको सुबेदी सुनाउँछन् ।
एउटा अठोट र दृढताका साथ संचालन गरेको गर्हौँकालिका कृषि फार्मलाई त्यतिबेला प्राकृतिक प्रकोपले निराशा बनाईदियो। फार्मको सुरुवातसङ्गै २०७६ साउनको पहिरोले उनले निर्माण गरेको संरचनालाई ठूलो क्षति पुर्यायो।ॠण गरेर संचालनमा ल्याएको कृषि फार्मको संरचना भत्केर पुर्णरुपमा क्षति भएपछी राहतको लागि उनले स्थानिय निकायदेखि केन्द्रसम्म नै राहतको लागि हारगुहार गरे। तर विडम्बना यस्तो भयो कि उनले भोगेको क्षतिलाई मध्यनजर गरेर राहतको व्यवस्था गरिदिन कसैले वास्ता गरेनन। वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि कार्यक्रम अन्तर्गतको राहत उनको लागि झुटो सवित भयो।
कोरोना भाईरसको संक्रमण तथा जोखिम न्यूनीकरणको लागि नेपाल सरकारद्वारा लगाईएको लकडाउनको कारणले गर्दा कृषि फार्मबाट आम्दानी हुन सकेन। लकडाउनमा आम्दानी हुन नसकेको कारणले गर्दा पहिरोले भत्काएको संरचनालाई पुन निर्माण गर्नको लागि झन अप्ठ्यारो स्थितिको सामना गर्नुपर्यो।
ॠण लिएका बैँकहरुले किस्ता र ब्याज बुझाउनको लागि लगातार प्रेसर दिएर हैरानी बनाएकोले उनी थप चिन्तामा छन। ॠण लगानी गरेर आम्दानी भएपछी तिर्ने योजना बनाएका सुवेदिलाई समयले साथ नदिएपछी उनको योजना सफल हुन सकेन। उनी भन्छन, ” बैँकले किस्ता र ब्याज बुझाउन ताकेता गरिरहेको छ, कमाएर तिर्ने भनेको फर्मको सुरुवात देखि नै पटक पटक पहिरोले क्षति पुर्यायो जुन ८ महिनादेखी बन्द छ, संचालन नभएपछी कमाई हुने कुरा आएन कमाई नभएपछी बैंकको ॠण कसरी तिर्नु?
सुबेदीले आफनो कृषि कर्मलाई रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर गराउन सकिने दाबी गरेका छन ।
अहिले उक्त फार्ममा मासिक १० हजार चल्ला उत्पादन गर्ने लक्ष्य रहेको सुबेदीले बताउछन । मासिक १० हजार चल्ला उत्पादन हुन थालेपछि मासिक रुपमा १० लाख सम्म कमाई हुने उनको तर्क छ । त्यसपछि भने यहाँ दर्जनौ युवाहरुलाई रोजगारी दिन सकिने र यसै फर्मलाई देखासिकी गरी सयौ युवाहरु स्वरोजगार हुने उनको बिश्वास रहेको छ ।
कुनै पनि काम ठूलो वा सानो हुदैन मेहनत र परिश्रम गरे छोटो अवधिमै सोचे भन्दा निकै बढी आम्दानी गर्न सकिने छ । बिदेशमा होइन यहाँ पनि कमाई गर्न सकिन्छ । माछा, मासु र अण्डा उत्पादन गर्ने उदेश्यले फर्म सञ्चालन गरेको सुबेदीको भनाई रहेको छ ।
चारैतिर मसिनो तारले घेराबेरा गरेर आधुनिक खोर बनाउने ब्यवस्थित तरिकाले निर्माण गर्न सरकारले राहत स्वरुप दिने भनेको स्वरोजगार कार्यक्रमबाट सरकारी सहयोग पाए लोकल कुखुराको स्वास्थ्यकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिने उनी बताउँछन तर स्वरोजगार कार्यक्रम नेताको झोला बोक्ने देखी आसेपासेलाई दीईने रैछ हामी जस्ता कृषिक लाई हैनछ उनले निराश हुँदै भने ।
बजारमा लोकल कुखुराको मासु प्रतिकिलो सात सयले बिक्रि हुदै आएकाले यसको माग अझ बढ्दै गएको अवस्थामा सरकारले ब्यवसायिक रुपमा कुखुरा पालन गर्न चाँहने बेरोजगार युवाहरुलाई युवा लक्षित कार्यक्रम मार्फत अनुदान पाउने हो भने आफु जस्ता हजारौं युवा आकर्षण हुने सुबेदीको भनाई रहेको छ ।
सुबेदीले पहिलो चरणमा २०७७ असार १ गते ३०० वटा लोकल कुखुरा, ५० वटा बटै ,५० लौकट , केहि टर्की , ६० वटा कालिज र २० वटा बाख्राबाट सुरु गरेको कृषि ब्यबसाय अहिले लोकल कुखुरा ६०० , बाख्रा ३० वटा, बटै ५०० वटा पुगेको बताए ।
देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दै गईरहेको समयमा आफ्नै देशमा केही गर्छु भन्ने अठोट लिएका सुवेदी जस्ता थुप्रै युवाहरुलाई विभिन्न राहत प्याकेज ल्याएर सरकारले सहयोग गर्नुपर्दछ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …