डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । सा पार्टीकाे जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।” सोही भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछि सम्म पनि कायम रहने जानकारी दिनुभयो । पाँचदलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले थप भन्नुभयो, “गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।”
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमान्दारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । पाँचदलीय गठबन्धनमा नेकपा ९एकीकृत समाजवादी० इमान्दार भएको र अन्य दलहरू पनि आफूहरूजस्तै इमान्दार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुँदा डोटीसहित समग्र सुदूरपश्चिममा थुप्रै विकास निर्माणका लागि बजेट विनियोजन गरेको छु, अब विकासका लागि सुदूरपश्चिमेलीले अन्य नेताको ढोका ढक्ढकाउनु पर्दैन ।” यसैगरी पूर्वमन्त्री आलेले नेताले आफ्ना लागि नभई गरिब, विपन्न तथा निमुखा जनताका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …