साउदी । प्रकृति तथा भुमी पुजक किरात राई समुदायको छाता संगठन किरात राई यायोख्खा शाखा साउदी अरबले क्षेत्रीय तदर्थ समिति गठन गरेको छ ।
साउदीको रियाद स्थित डिमोरा होटलमा शुक्रबार एक कार्यक्रमको साथ विज्ञान राईको संयोजकत्वमा ९ सदस्यीयको तदर्थ समिति गठन गरेको सुजन सेर राईले जनाए ।
किरात राई यायोख्खा संस्था प्रवासको विभिन्न मुलुकहरूमा बिस्तार भइ समाजमा सकृय सहभागिता जनाइरहेको मुलुक मध्यको एउटा प्रमाण हो साउदी अरेबिया पनि यस्तै चलायमान भइरहेकै अवस्थामा क्षेत्रगत हिसाबले ठूलो भुगोल भएको मुलुक साउदी अरबमा किरात राई यायोख्खा सक्रिय रुपमा रहेको छन् ।
उक्त कार्यक्रममा अन्तर संस्था समन्वय समिति रियाद साउदीका महासचिव नगेश तामाङ, मोरङसुनसरी सेवा समाज साउदिको अध्यक्ष सुजन सेर राई, झापाली सेवा समाज साउदीको सहकोषाध्यक्ष सुजन घिमिरे, किरात राई यायोख्खा साउदीका उपसचिव पवन चाम्लिङ राई, याक्थुङ चुम्लुङ का महासचिब राज चेम्जोङ लिम्बू , खगेन्द्र बरालको लगायतको उपस्थिति रहेको थियो ।
किरात राई यायोख्खा शाखा साउदि अरबका उपसचिव पवन चाम्लिङ राई र मोरङसुनसरी सेवा समाज साउदी अरबका अध्यक्ष सुजनसेर राईको पहलमा भएको समितिमा सहसंयोजक शिला चाम्लिङ राई, सचिव जाहान सिं राई, कोषाध्यक्ष पबित्र राई, सदस्य क्रमशः सुबाश राई, खेरेसुङ्छा , किरण राई, छममाया राई, निर्मल राई, डिकपाल राई रहेको सुजनसेर राईले बताउनु भयो ।
यसैगरी समितिको प्रमुख सल्लाहकारमा सुजनसेर राईलाई चयन गरिएको संयोजक बिज्ञान राईले जानकारी गराउनु भयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …