काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार माले रंगशालामा आज राति पौने १० बजे सुरु हुनेछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले यसपटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा साफको उपाधि जित्ने लक्ष्य बनाएको छ ।
यसैवीच नेपालका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपालको लक्ष्य रहेको बताएका छन् । पहिलो खेलमा साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सलाई १-० ले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ ।
नेपालले यसअघि भारतको गोवामा भएको साफको चौथो संस्करणको पहिलो खेलमा श्रीलंकालाई ३-२ गोलले पराजित गरेको थियो । आजै पहिलो खेल बंगलादेश र भारतबीच हुँदैछ । नेपालले भने भारतसँग असोज २४ गते महत्वपूर्ण खेल खेल्नेछ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …