प्राकृतिक सहयोग कोषद्वारा आगलागी पीडित खोटाङका ४ परिवारलाई आर्थिक सहयोग

खोटाङ । प्राकृतिक सहयोग कोषले खोटाङ जिल्लाका ४ जना  आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका चन्द्रमणी राई  केपिलासगढी ३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका …

मौसम खराबीका कारण पाँच दिनदेखि हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नुपरेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए …

नेप्सेमा ३२ अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३२.१५ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा सुधार आएर दुई हजार ५७५.६६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१९ ले उकालो …

सुनको मूल्य घट्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै …

कांग्रेस नेता कार्कीद्वारा दुई विद्यालयलाई धार्मिक पुस्तक प्रदान

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाश सिंह कार्कीले धार्मिक पुस्तक प्रदान गर्नुभएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४,५ मा रहेका दुई विद्यालय जनकल्याण मावी र हिमालय मावीलाई करिब एक लाख बराबरको पुस्तक वितरण …

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन

गलकोट । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय …

सम्झौताबमोजिम बाँकी मल दिन बङ्गलादेशलाई पत्र

काठमाडौँ । सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो ।  नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार–सरकार) सम्झौताको आधारमा यसअघि …

एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो, कर्जाको ब्याज बढ्न सक्ने

काठमाडौं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार …

शेयर कारोवार पाँच अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ …

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो । विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले रु …