तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ६ चैतसम्म वाणिज्य बैंकमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ चैतसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ ।

गत ६ चैतसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ३४ खर्ब ६२ अर्ब कर्जा लगानी भएको पाइएको छ । गत ६ चैतसम्म १ खर्ब ८ अर्ब विदेशी रुपैयाँ निक्षेप रहेकोमा १३ चैत्रसम्म आइपुग्दा १ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा पनि ६ गतेसम्म १ खर्ब ३१ अर्ब थियो भने १३ गतेसम्म आइपुग्दा १ खर्ब ३४ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत १२ चैतसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ४३ खर्ब ६७ अर्ब निक्षेप संकलन भएको छ । यो अघिल्लो दिनभन्दा १ अर्बले बढी हो । यसैगरी कर्जातर्फ १३ चैत्रसम्ममा ३९ खर्ब ५ अर्बको कर्जा लगानी भएको छ । अघिल्लो दिनसम्ममा कर्जा ३८ खर्ब ९९ अर्ब प्रवाह भएको थियो ।

‘क’ वर्गका २७ वटा वाणिज्य बैंकबाट १२ चैत्रसम्म ३८ खर्ब ४५ अर्ब निक्षेप संकलन भएको थियो । अरू वित्तीय संस्थाबाट भने ५ खर्ब २२ अर्ब निक्षेप संकलन भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ७७.७२ प्रतिशत पुगेको छ ।

बैंकले कुल निक्षेप र कुल पुँजीको योगफल अर्थात् सीसीडीमा ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । कतिपय बैंकको ८० प्रतिशत सीमा नाघिसकेको छ । सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा पुगेका कारण बैंकले अब कर्जामा कडाइ गर्ने भएका छन् ।

राष्ट्र बैंकले एकपटक १ लाख अमेरिकी डलरसम्मको सामान आयात गर्न पाउने र ग्राहकले बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेकाले तरलतामा थप चाप पर्न सक्ने देखिएको छ । यद्यपि, सरकारको पुँजीगत खर्च वैशाखबाट बढ्ने भएकाले भने केही सन्तुलन आउने बताइन्छ । सरकारको पुँजीगत खर्च बढ्न गएमा बैंकमा निक्षेप संकलन बढ्ने र सीसीडी रेसियोमा प्रभाव परी कर्जा दिन सकिने वातावरण बन्ने जनाइएको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …