तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । प्राकृतिक सहयोग कोषले खोटाङ जिल्लाका ४ जना  आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका चन्द्रमणी राई  केपिलासगढी ३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका रामबहादुर राईलाई कोषले आर्थिक सहयोग गरेको हो ।

खोटाङ सेवा समाज हङकङले स्थापना गरेको कोषमार्फत आगलागीबाट विस्थापित परिवारलाई प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गरेको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले बताए । 

केपिलासगढी गाउँपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा सोही गाउँपालिकाका खोटाङ प्राकृतिक सहयोग कोषका प्रतिनिधि समिर राईमार्फत आर्थिक सहयोग प्रदान गरिएको कोषले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …