तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख ४० हजारको हाराहारीमा रहेको छ ।     

कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २४.५२, वित्त ५.२ र लघुवित्त ४४.५ अङ्ले बढ्दा बैंकिङ ६.७२, व्यापार २१२.८३, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, उत्पादन २०.१८, अन्य १९.२१, जीवन बीमा ३०.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.०६ बिन्दुले ओरालो लागेको छ ।  

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ३१ लाख ६५ हजार २६३ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु ३८ करोड ७७ लाख ९० हजार ९१, चन्द्रागिरि हिल्स रु ३७ करोड सात लाख ७६ हजार ४९०, नेपाल बङ्गलादेश बैंक रु १४ करोड ६९ लाख ४९ हजार २६३, एचआइडिसिएल रु १२ करोड ८९ लाख ३५ हजार ७९, हिमालयन डिस्टिलरी रु नौ करोड ५२ लाख ५३ हजार १६०, अजोड इन्स्योरेन्स रु आठ करोड ९५ लाख ६७ हजार ६६०, नेपाल पुर्नबीमा कम्पनी रु आठ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख ८२ हजार ६३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । अजोड इन्स्योरेन्स ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३, रिडी हाइड्रोपावर ७.१८, सारथी नेपाल लघुवित्त ६.९९, बोमी लघुवित्त ५.९६, युनाइटेड इदी ममर्दीह ाइड्रोपावर ५.६३, हिमालयन ऊर्जा विकास कम्पनी ५.४५ र लक्षमी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाए ।

यस्तै, चन्द्रागिरि हिल्स ७.१७, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ४.८७, कालिका पावर ४.२८, एनएमबीका लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाए ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …