तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले नवनियुक्त नेपाली राजदुतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्यलाई स्वागत गरेको छ ।

शुक्रबार मलेसियाको क्वालालम्पुरमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को सभाहलमा गैर आवासीय नेपाली संघ एनआरएनए मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा एक कार्यक्रम गरि नवनियुक्त उपनियोग प्रमुख मुदिता बज्राचार्यलाई स्वागत गरिएको हो ।

गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको संस्थापक अध्यक्ष शंकर बहादुर पौडेलको सभापतित्वमा र नेपाली राजदुतावास का नवनियुक्त सायक राजदूत मुदिता बज्राचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली राजदुतावासका द्वितीय सचिव प्रेम बहादुर बुढाथापका रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नवनियुक्त उपनियोग प्रमुख मुदिता बज्राचार्यले नेपाली राजदुतावासबाट हुँदै आएको सहकार्यमा कमि हुन नदिने र अझ मजबुत बनाउने कोसिस गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै स्वागत मन्तब्य राख्दै आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिनले आउने दिनहरुमा उपनियोग प्रमुखले बिगतको दिनहरुमा जस्तै श्रमिकको समस्य हल गर्नको लागि पछि नपर्न अनुरोध गरेका थिए। भने त्यसैगरी गैर आवसिय नेपाली संघ एनआरएनएको तर्फबाट आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष हेमराज सापकोटाले संघले विगतका दिनहरुमा दुतावाससंग सहकार्य रहदै आएको र उक्त कार्यहरुलाई थप निरन्तरता दिदै अघि बढ्नुपर्ने बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …