मलेसिया । नेपाल आदिवासी जनजाति माहासंघ मलेसियाले २९, औं विश्व आदिवासी दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरि मलेसिया स्थित क्वालालम्पुरमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सभाहलमा अगस्ट १३ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष विपिन राईको अध्यक्षतामा र नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका राजदूत डिल्लीराज पौडेलको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा अतिथिहरुमा क्रमश संघका संस्थापक अध्यक्ष सुन्दर आले मगर, गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा, नेपाल तामाङ घेदुङ्का अध्यक्ष मिलन थिङ,किराँत याक्थुङ चुम्लुङ्का अध्यक्ष दिल कुमार लिम्बू, किरात राई यायोख्खाको तर्फबाट तेजकुमा राई, शेर्पा किदुगका अध्यक्ष ङावाङ नुरी शेर्पा, नेपाली जनसम्पर्क समिति मलेसियाका सह-कोषाध्यक्ष लालबहादुर खड्का, लगायत मलेसियामा रहेको विभिन्न जातिय संघ संस्थाका प्रतिनिधि हरुले आफ्ना आफ्ना भनाई सहितको शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति महासंघका महासचिव बिक्रम वाइबा तामाङले गरेका थिए ।
कार्यक्रममा आदिवासी समुदायको खानाको परिका साथै थारु शेर्पा मगर तामाङ हरुले आफ्नै संस्कार र परम्परा झल्कने नाँच र स्थानिय कलाकारहरुले सांगितिक प्रस्तुति दिएर मनोरञ्जन दिएका थिए ।
अन्तम कार्यक्रमको समापन गर्दै नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपिन राईले महासंघले लोकप्रियताको लागि कुनै पनि प्रचार बाजि नगरी मलेसियामा समस्यामा परेका नेपाली श्रमिक हरुलाई थुप्रै उदार गरेको र ती सबै कार्य हरु आफ्नो अधिवेशनमा प्रष्ट्याउने बताउदै आगामी दिनहरुम पनि यस्तै मलेसियामा रहेको संघसंस्थाहरु र नेपाली राजदुतावास संग सहकार्य गरेर काम गर्ने बताउनु हुदै कार्यक्रममा सहभागी उपस्थितिहरुलाई हार्दिक धन्यवाद ज्ञापन दिए ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …