मलेसिया । गैंर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन यहीँ जुलाई ३० मलेसिया स्थित क्वालालम्पुर केलमा रहेको होटल ग्रान्ड कन्टिनेन्टलमा हुने भएको छ ।
मलेसियाको ८ औं राष्ट्रिय अधिवेशनलाई सफलपार्न र मनोरञ्जनात्मक बनाउन नेपालबाट आमन्त्रित नेपाली राष्ट्रिय कलाकारहरु एलिना रायमाझी, सोभा त्रिपाठी, आनन्द कार्की, नम्रता सापकोटा लगायत विभिन्न स्थानीय कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति समेत पस्किने कार्यक्रम रहेको महासचिव रन्जित क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा मलेसियामा श्रमिकको क्षेत्रमा सक्रिय रहि नेपाली श्रमिककै निम्ति पत्रकारिता गर्दै आएका पत्रकार, सञ्चारकर्मी, त्यस्तै मलेसियाबाटै पनि फुटबल खेल क्षेत्रमा योगदान पुर्याई नेपालको नाम उच्च राख्ने खेलाडी हरु, निर्वाचन समिति लगायतका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिने कार्यक्रम समेत तय भएको महासचिव क्षेत्रीले बताए ।
एनआरएनए मलेसियाका अध्यक्ष बिनोद बहादुर थापाले यहाँ कार्यरत नेपाली श्रमिकहरु, व्यापारी, ब्यावसायी, पुर्व एनआरएनए अभियान्ता, समाजसेवी लगायत सबै नेपालीलाई अधिवेशन कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …