मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया अधिवेशनको मिती नजिकिदै गर्दा चुनाबले मलेसियामा रहेका झन्डै ५ लाख नेपालीमा कस्ले बाजी मार्ला भन्ने रौनक बढेको छ। आगामी २०२३-२५ कार्यकालको लागि यहीँ जुलाई २९ र ३० तारिख आईतवार अधिवेशन हुने भएको छ ।
२३ जना कार्यसमिति रहेको एनआरएनए संस्थाभित्र अध्यक्ष पदको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छ्न्। उम्मेदवारी दर्ता गराउने मध्धे एक बलियो उम्मेदवार बर्तमान अध्यक्ष बिनोद थापा हुन। थापाको प्रतिद्वन्दीको रुपमा अहिलेका बर्तमान उपाध्यक्ष राकेश महतो र केन्द्रिय सदस्य सन्तोष कार्की पनि अध्यक्ष बन्ने दौडमा लागेका छ्न ।
एनआरएनए मलेसियाको इतिहास पहिलो पटक निर्वाचन प्रकृया मार्फत अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीने सम्भावना देखिन्छ बिगतमा सहमतिबाट अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीदै आए पनि यसपालि भने निर्वाचन प्रकृयामा जाने देखिन्छ ।
बिगतमा एनआरएनए मलेसियाको नेतृत्वले गरेको काम हेर्ने हो भने आगामी कार्यकालको लागि पुनः अध्यक्ष पदमा बिनोद थापालाई बिजयी हुँदा श्रमिकलाई राहात मिल्ने कुरामा दुईमत छैन ।
बिगतलाई फर्केर हेर्दा एनआरएनए मलेसियाको नेतृत्व सम्हालेका अध्यक्षमाथी कुनै न कुनै विवादमा परेका घटना श्रमिकले बिर्सेंका छैनन। नेटवर्किङ ब्यावसाय मार्फत श्रमिक ठगेको आरोप, म्यानपावर ब्यावसायमार्फत श्रमिक मलेसिया ल्याएर अलपत्र, आफ्नो कम्पनीमा काम गराएर पारिक्ष्रमिक भुक्तानी नगरेको जस्ता अन्य कैयौं विभिन्न बाहानामा श्रमिकलाई दु:ख दिइएको घटनाहरु समाचार बाहिरिएका थिए ।
नेपाली श्रमिकको दु:ख समस्यालाई नजिकबाट नियालेर निश्वार्थ भावनाको साथ सहयोग गर्दै आएका बर्तमान अध्यक्ष थापा भने सन् २०२१-२०२३ सम्म आफू र एनआरएनएलाई पुर्ण विवादरहित राखी एनआरएनए मलेसियाको शिर विश्वभरका नेपाली श्रमिक, एनआरएनएहरु समक्ष र नेपाल सरकारसमक्ष उच्च पार्ने काम थापा नेतृत्वले गरेको थियो ।
पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थापा सरल र मिलनसार स्वभावका धनी व्यक्ति हुन। उनी मलेसिया रोजगारीमा कार्यरत रहि दुई दशक बिताइसकेका छ्न्। थापा मलेसियामा साधारण श्रमिकका रुपमा रोजगारीमा आएर काम गर्दागर्दै ब्यावसाय, ब्यापारमा होमिएका हुन। थापाले रेष्टुरेन्ट ब्यावसाय, आफ्नै सुरक्षागार्ड कम्पनी लगायतको क्षेत्रमा जमेर काम गर्दै नेपाली श्रमिकको उद्दार र सामाजिक कार्यमा समेत उतिकै सक्रिय रहि काम गर्दै आएका छ्न ।
उनको कार्यकालमा एनआरएनए मलेसिया विवादमुक्त रहेको र कोरोना माहामारीकै बेलादेखि अहिलेसम्म श्रमिक उद्दार लगाएत उल्लेखनीय कार्यहरु गर्दै आइरहेका छन ।
कोरोनाकालको बेला अध्यक्ष थापाले एनआरएनएका सबै पदाधिकारीहरुलाई एकजुट बनाइ स्वयंसेवक परिचालन गरेर कोरोनाबाट प्रभावित १२ सय भन्दा बढी नेपाली श्रमिकहरुलाई सहयोग गरेका थिए ।
थापाले विभिन्न कारणले पीडित हुन पुगेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्किनलाई हवाई टिकट, जेल सजाय पूरा गरिसकेर पनि टिकट अभावमा स्वदेश फर्किन नपाएका जेल पीडित नेपालीहरु लाई दूतावासको समन्वय सहकार्यमा हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काउन सफल भएका थिए। थापाकै पहलमा मलेसियामा कार्यरत वैधानिक वा अवैधानिक नेपाली श्रमिक बिरामी परेर उपचारको लागि अस्पताल भर्ना भएका तर अस्पतालको उपचारखर्च तिर्न नसक्ने आर्थिक कमजोर भएका सयौं नेपालीलाई अस्पतालमा लागेको उपचार खर्च जुटाई उनिहरुको उद्दार लगायत बिभिन्न्न सामाजिक कार्य गरेका कारण थापा पुन आगामी नेतृत्वमा जादा सबैलाई राहात हुने देखिन्छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …