तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएकोछ ।

डिसेम्बर १८ तारीखमा भएको सो कार्यक्रममा प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत  डिल्लीराज पौडेलले शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेका समस्या र चुनौतिहरुको समाधान र न्युनिकरण गर्न ‘टास्क फोर्स टिम’ निर्माण गरेको बताउनु भएकोछ।मलेसियामा नेपालीहरुको लागि खुल्ला गरिएका श्रमका पाँच वटा सेक्टर मध्य केही सेक्टरमा नेपाली श्रमिकहरुको लागि समस्या रहेकाले उक्त टास्क फोर्सले माग-पत्र प्रमाणीकरणको प्रक्रियामा कडाई गरेकोछ। जसकारण माग-पत्र प्रमाणीकरणमा ढिलाई भएकोले सम्बन्धित पक्षलाई धैर्यधारण गर्न आग्रह गर्नु भएकोछ ।

नेपाल मलेसियाको लागि महंगिएको एयर टिकेटको मुल्य कम गर्न, मलेसियाबाट बिरामी, अलपत्र परेका नेपाली र मलेसियामा ज्यान गुमाएका नेपालीहरुको शब लैजानको लागि नेपाली दुतावास मलेसियाले नेपाल एयरलाइन्सका टिम संग बैठक सम्पन्न भएको र यसको कार्यनयन छिटै नै हुने राजदुत पौडेलले बताउनु भयो ।

मन्तब्यको क्रममा राजदुत पौडेलले नेपालको संस्कृति र सांगेतिक पहिचानलाई प्रबर्द्धन र सम्बर्द्धन गरेकोमा कार्यक्रम आयोजक, प्रायोजक, कलाकार र पत्रकारहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। प्रवासमा यस्ता प्रकारको एकता र सहकार्य आवश्यक रहेको बताउदै दुतावासको सधै सहकार्य रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।शुभकामना मन्तब्य गैरआवसिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, ब्यवसायी संघ मलेसियाका अध्यक्ष ईन्द्र लिम्बू, नेपाल मगर संघका महासचिव राम प्रसाद पुन लगायतले राख्नु भएको थियो ।

कार्यक्रमा लिम्बू जातीय खानाको परिकार प्रदान साथै कलाकारहरु लिम्बू तथा नेपाली गित संगित प्रस्तुत गरेका थिए। भने कार्यक्रम हिमाल टाइम्सका म्यानेजिङ डाइरेक्टर इश्वर राईले संचालन गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …