• बुधबार, असोज-५,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाको १७ औं बार्षिक उत्सव तथा महाधिवेशन सम्पन्न भएको छ। 

आईतबार मलेसियाको राजधानी क्वालालम्पुर  स्थित Hotel Grand continental मा सम्पन्न भएको महाधिवेशनबाट  मिलन थिङ्ग तामाङ अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन ।

नेपाल तामाङ घेदुङ  मलेसियाका अध्यक्ष जगत सिंह तामाङको सभापतित्व, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष विपिन राई ज्युको प्रमुख आतिथ्यता,गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको विशेष आतिथ्यता र ब्यवसायी,पत्रकार, समाजसेवी लगायतका विभिन्न ब्यक्तित्वहरुको आतिथ्यता साथै संस्कृतिक कार्यक्रमको बिच कार्यक्रम सम्पन्न भएको हो । 

नयाँ नेतृत्वमा अध्यक्षमा मिलन थिङ्ग तामाङ, बरिष्ठ उपाध्यक्षमा बिक्रम वाईबा तामाङ, ,महिला उपाध्यक्षमा सहिली थिङ्ग तामाङ (सञ्जना), त्यसैगरी महासचिवमा भुवन वाईबा तामाङ, र सचिवमा सुमन पाख्रिन तामाङ निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा कमल थिङ्ग तामाङ  र सह-कोषाध्यक्षमा युनिक योन्जन तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको भने सस्कृति विभाग प्रमुखमा ज्ञान बहादुर तामाङ्ग (GB Tamang) र सुशासन तथा अनुसन्धान विभाग प्रमुखमा छविलाल बम्जन निर्वाचित हुनुभएको छ भने  सदस्यहरुमा क्रमश: राम बहादुर गोले, दिपक तामाङ, सम्झना तामाङ हरि बहादुर तिदुङ र सोम लाल तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ।

नेपाल तामाङ घेदुङ संरक्षक पासाङ पाख्रीन तामाङ, दिपक तामाङ बोम्जन लामा गुरु रन्जित योन्जन तामाङ, तम्ब तथा डम्फुरे, कृष्ण मोक्तान तामाङ, छन् भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार जगत दोङ तामाङ, सल्लाहकार मिलन दोङ तामाङ, श्याम थिङ तामाङ, भोज दोङ तामाङ, नवराज रुम्बा तामाङ रहेका छन ।

प्रमुख अतिथि महासंघको अध्यक्ष बिपिन राई ज्युले प्रमुख अतिथि मन्तव्य व्यक्त गर्दै विगतमा राज्यबाट दमनमा परेको आदिवासी जनजातिहरु मध्ये मासिन्या आदिवासीमा राखेर राज्यबाट दमनमा परेको जाति हो अब पनि राज्यले यस किसिम को दमन गरिएमा तामाङ लगायत सम्पूर्ण आदिवासी जनजाति अधिकार प्राप्तिको अन्दोलनमा महासंघ मलेसियाले सदैव सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो।

यसैगरि कार्यक्रमका बिशेष अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बोल्दै एनआरएन मलेसियाले नेपाल तामाङ घेदुङ मलेसियाले गरेको कुनै पनि सामाजिक कार्यमा समन्वय गर्ने बताउनुको साथै एनआरएनएले मलेसियामा रहेको श्रमिकहरुको लागि एकदमै जरुरी रहेको श्रम स्वीकृतिको समस्या धेरैमा रहेकोले श्रम स्वीकृति लिन अनलाईन मार्फत लिन सकिने भए पनि प्राय सबैलाई थाहा नभएकोले श्रम स्वीकृति नवीकरणको लागि सहज हुनेगरि दूतावास लगायतको सहकार्यमा ब्यवस्थापन गरिएको छ र मलेसियामा रहनुभएको श्रमिक दाजुभाई तथा दिदी बहिनीहरुमा अनिवार्य श्रम स्वीकृत गर्न अनुरोध गर्नु भएको थियो।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

फल्चाले वोलायो !

फल्चाले वोलायो !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …