तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । प्रवासी नेपाली समन्वय समिति मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाले ताप्लेजुङ सिरिजङ्घा १ का भिमबहादुर खत्रीलाई उद्धार गरि मलेसियाबाट गत अगष्ट २७ तारिख नेपाल फर्काएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा १० बर्ष पहिला मलेसिया छिरेका खत्री आफु आएको कम्पनीमा २ बर्ष काम गरेर आफु आएको रोजगारदाता कम्पनी छाडेर ८ बर्ष देखि अवैधानिक हैसियतमा मलेसियाको एक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका थिए ।

उनी विगत २ महिना देखि बिरामी परेर थलिएका थिए उनलाई आफु काम गर्दै गरेको ठाउमा काम गर्ने क्रममा उच्च रक्त चाप भएको कारण सिकिस्त परेका खत्री गत अगष्ट ४ तारिख पीएनसीसी मलेसियाको सम्पर्कमा आएका थिए ।

उनलाई पीएनसीसीको सम्पर्कमा आएपछि खत्रीको थप उपचारमा सहजता होस भनेर नेपाल फर्काउन पहल गरिएको प्रवासी नेपाली समन्वय समिति मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताउनुभयो ।

खत्रीलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीको पहलमा र मलेसियामा रहेको विभिन्न संघ संस्था साथै उनका साथीहरूको सहयोगमा मलेसियामा स्थित नेपाली राजदुतावास संग समन्वय गरि नेपाल फर्काइएको हो ।

अगष्ट ८ तारीख नेपाली राजदुतावासबाट अनुमतिपत्र लिई २५ तारिख मलेसियाको (Immigration) अध्यागमन पुगेर नेपाल फर्कदा दिनुपर्ने जरिवाना ३१ सय मलेसियान रिङ्गेट अध्यागमनलाई बुझाएको थियो ।

सो अध्यागमनलाई बुझाएको ३१ सय रिङ्गेट भिमबहादुर खत्री संगै काम गर्ने नेपाली साथीहरुले चन्दा संकलन गरेका थिए। अन्तराष्ट्रिय नेपाली समाज मलेसिया र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले नेपाल फर्किने हवाई टिकट उपलब्ध गराउनु भएको थियो।

त्यसैगरी उनलाई खान बस्न र एयरपोर्ट सम्म पुर्‍याउन समाजसेवी मिलन लिम्बुले गर्नुभएको थियो । खत्रीलाई नेपालमा पीएनसीसीले सेल्टर हाउसमा राखी आफन्त परिवारलाई जिम्मा लगाउने तयारी गरिरहेको पीएनसीसी मलेसियाका स्वयंसेवक पुर्ण लिम्बूले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …