तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १   (पुस १७)देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ।

करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ भने ल्यान्डफिल साइटको काम बाँकी छ। त्यस्तै विमानस्थल रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रुख कटानको काम भइरहेको प्राधिकरणले जनाएको छ। छ सय रुखमध्ये चार सय बढी रुख कटान भइसकेको र डाँडा कटान थाल्नेसमेत तयारी छ। दुई हेक्टर क्षेत्रफलमा फैलिएको उक्त डाँडाको दुई थुम्का कटानका लागि गत फागुन २० मा मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो। विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब दुई किलोमिटरको दूरीमा रहेको सो डाँडा करिब ४० मिटर काट्नुपर्नेछ। 

विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई ध्यानमा राखेर उक्त डाँडा कटान गर्नुपरेको हो। प्रारम्भिक सर्भेअनुसार तीन लाख ७० हजार घनमिटर माटो कटान गर्नुपर्नेछ। सन् २०२१ को जुलाईभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय गौरवको आयोजनाको अहिलेसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ भने ७५ प्रतिशत वित्तीय प्रगति भएको छ। प्यासेन्जर, टर्मिनल, एटीसी टावर, ह्याङ्गर, कार्गाेलगायत सबै १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थल चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको थियो। 

नयाँ विमानस्थल निर्माण भएपछि अहिले सञ्चालनमा रहेको पुरानो विमानस्थलको जग्गा उपयोग गर्न प्राधिकरणले योजना बनाउन सुरु गरेको छ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …